स्थानीय तहको निर्वाचनमा निर्वाचित खोटाङका जनप्रतिनिधिहरू रोजगारीका लागि विदेश जान थालेका छन् । गाउँठाउँको विकासका लागि निर्वाचित जनप्रतिनिधिहरू नै अन्ततः रोजगारीको लागि विदेश पलायन हुन थालेपछि स्थानीयहरू चिन्ता व्यक्त गरेका छन् ।
अर्जुन चौपारी गाउँपालिका-१ को केटिचौर र वडा २ लामडाँडामा विदेशी कलाकारले लाइभ कन्सर्टमार्फत स्थानीयलाई मनोरञ्जन दिएका छन् ।
सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीमा दुई स्थानमा फूल बिक्री केन्द्र स्थापना गरिएको छ । किसानद्वारा उत्पादित फूलको सहज बिक्री गर्ने उद्देश्यसाथ धनगढी उपमहानगरपालिकाको कार्यालय परिसर र बोराडाँडीमा रहेको भाटभटेनी सुपरमार्केट परिसरमा फूल बिक्री केन्द्र स्थापना गरिएको हो ।
नवलपुरको देबचुुली नगरपालिका ६ को गोरेघुुम्तीमा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ मध्ये चार जनाको पहिचान खुलेको छ ।
बुटवलमा दीपावली महोत्सव सुरु भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्यबजार अमरपथ क्षेत्रमा शनिबार साँझदेखि तीन दिने दिपावली महोत्सव २०८० सुरु भएको हो ।
‘सातौं मण्डली कप–२०८०’ को उपाधी निस्दी खेलकुद विकास समिति पाल्पाले जितेको छ । दिपावली तथा छठ पर्वको अवसरमा भएको खुल्ला क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा मणीमुकुन्द भलिबल क्लव रुपन्देहीलाई ३–२ सेटले पराजित गर्दै उपाधी हात पारेको हो ।
लामो समयदेखि झापा सुरुङ्गामा सुनचाँदीको व्यवसाय गर्दैआएका नवराज बिमली हेमुले करिब एक अर्बभन्दा बढी रकम ठगी गरेर वेपत्ता भएका छन् ।
हङ्कङमा आयोजना हुने चार देश सम्मिलित महिला टि ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।
पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही र बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पृथ्वीराजमार्गअन्तर्गत रहेको पोखराको सेती नदीमा चार लेनको ‘सिग्नेचर’ पुलको शनिबार शिलान्यास गरिएको छ ।
लक्ष्मीपूजाको अवसरमा आज गोरखापत्र संस्थानमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक पारित गर्नमा मन्त्रीहरुको गम्भीरता नदेखिएको बताउनुभएको छ । आज एक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले विधेयक पारित गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले गम्भीरता नदेखाएका बताउनुभएको हो ।
बाँके प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको अवैध पटका नष्ट गरेको छ । प्रहरीले अवैध रुपमा बरामद गरेका पाँच लाख बढी मूल्य बराबरको पटका नष्ट गरेको हो ।
नवलपुरको देबचुुली नगरपालिका ६ को गोरेघुुम्तीमा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ मध्ये चार जनाको पहिचान खुलेको छ ।जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउथवेस्टर्न स्टेट कलेजका प्रमुख डा. राजेन्द्र केसीलाई ‘आउट स्ट्याण्डिङ एजुकेशन अवार्ड प्रदान गर्नुभएको छ ।