“अनुशासन नै राष्ट्रको सेवाको मूल जग हो” भन्ने आदर्श बोकेको राष्ट्रिय सेवा दल (एनसिसी) युवा विद्यार्थीको चरित्र, नेतृत्व गुणस्तर, खेलकुद भावना, निःस्वार्थ सेवाको आदर्श भावनाको विकास गरी जीवनका सबै क्षेत्रमा समर्पित नेतृत्व क्षमता अभिवृद्धि गर्न सफल भएको संस्था हो । यसले असल नागरिक र भविष्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम कर्णधार तयार गर्ने लक्ष्य बोकेको अन्तर्राष्ट्रिय सञ्जाल भएको संस्था पनि हो । एनसिसी नेपालको स्थापना विसं २०२२ सालमा भएको हो । प्रधानमन्त्री एनसिसीको प्रमुख संरक्षक, रक्षामन्त्री तथा नेपाली सेनाका प्रधान सेनापति सहसंरक्षकको अभिभावकका रूपमा रहनाले पनि यसको गरिमा तथा महत्व पनि उत्तिकै छ ।
अब त गाउँ सम्झन दसैँ आउनुपर्ने भएछ । हो, मलाई पनि यस्तै अनुभूति भइरहेछ । दसैँ आउँछ, गाउँ भरिन्छ, गाउँ साँच्चिकै गाउँ जस्तो देखिन्छ । भुरुरुरु उडेर वा मोटरमा गुडेर आएका चार दिने गाउँका पाहुनाहरू त्यसै गरी उडेर वा गुडेर जान्छन् । गाउँ पूर्ववत् शून्य हुन्छ । गाउँ यथार्थमा गाउँ जस्तो रहन्न । गाउँको वर्तमान अवस्था यस्तै छ । दिन दुगुना, रात चौगुना गाउँको रूपरङ्ग यसै गरी बदलिएको छ । पोहोर साल जस्तै मलाई यस पाला पनि दसैँले गाउँ सम्झायो । मातापिताले दसनङ्ग्रा खियाएर आर्जेको भूमिको सम्झना गरायो । उहाँहरूका पौरखले ठड्याएको तीनतले घरले मोहित तुल्यायो । आफैँले चहारेको खेतबारी, पाखोप
तनहुँको भानु नगरपालिका–८ बलेफाँँटमा किसानलाई धान भित्र्याउने चटारो । जिल्लाका भानुका चुदीफाँट, बलेफाँट, व्यासको साँगेफाँट, रिस्तीफाँटलगायतका क्षेत्रमा पाकेका धान भित्र्याउन व्यस्त छन् ।
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । वि.सं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो ।
हिमाली जिल्ला हुम्लाबाट पहिलो पटक अल्लोको लोक्ता र धागो निकासी गर्न उद्यमी सफल हुनुभएको छ । त्यसै खेर गएको अल्लोलाई प्रशोधन गरेर अदानचुली गाउँपालिका–४ को मण्डाल्नी अल्लो कपडा उद्योगले ती सामग्री निकासी गर्न सफल भएर आर्थिक उपार्जनसमेत गरेको हो । उद्योगकी सञ्चालन प्याउरा जैसीले पहिलो पटक नौ लाख मूल्यको अल्लोको लोक्ता र धागो प्रशोधन गरेर सुर्खेत निकासी गर्न सफल भएको बताउनुभयो । उहाँले वनमा खेर गएको अल्लो सङ्कलन गरेर गाउँमै स्थापना भएको प्रशोधन उद्योगबाट धागो निकाल्ने र सुर्खेतमा निकासी गर्ने गरिएको बताउनुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ३९ औँ जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
शुक्रबारदेखि देशभरका हलमा चलचित्र ‘दिमाग खराब’ प्रदर्शनमा आएको छ । चलचित्रमा वर्तमान समाज र राजनीतिको विकृत पक्ष र नागरिक असन्तुष्टिको कथावस्तु चित्रण गरिएको छ । आकाश बरालको कथा रहेको चलचित्रमा स्वस्तिमा खड्का, दयाहाङ राई, खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बराल, सुमन कार्की, सुपुष्पा भट्ट, पुष्कर गुरुङ, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । सुजनबम ठकुरी निर्माता रहनुभएको चलचित्रका निर्देशक/निर्देशन निश्चल बस्नेत हुनुहुन्छ ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ ।
नेपालभाषा एकेडेमीले विगत २० वर्षदेखि विविध विधामा प्रदान गर्दै आएको १९ औँ दान्यहिरा सिरपाः प्रदान गरेको छ । हालै आयोजित कार्यक्रममा साहित्यतर्फ डा. योगेन्द्र प्रधानलाई ‘दान्यहिरा जीवंकाछी साहित्य सिरपाः सङ्गीततर्फ वरिष्ठ गायककार जुजुकाजी रञ्जितलाई ‘दान्यहिरा जीवंकाछी सङ्गीत सिरपाः’ र विज्ञानतर्फ डा. जीवनकुमार श्रेष्ठलाई ‘दान्यहिरा विज्ञान प्रविधि सिरपाः’ नेपालभाषाका जनकवि दुर्गालाल श्रेष्ठले प्रदान गर्नुभयो ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
त्रिपुरेश्वरस्थित लोकबाजा सङ्ग्रहालयमा संरक्षण गरेर राखिएका बाजा क्यानभासमा उतारिएका छन् । लोकबाजा सङ्ग्रहालय र योङ पिकासोद्वारा शुक्रबार सङ्ग्रहालय परिसरमा आयोजित लोकबाजा कला कार्यशालामा सहभागी कलाकारले नेपाली लोकबाजाका चित्रहरू बनाउनुभएको हो । लोकबाजा सङ्ग्रहालयका संस्थापक रामप्रसाद कँडेलले विसं २०५२ देखि नेपालका सबै भूभाग र जातजाति, समुदायमा पुगेर सङ्कलन गर्नुभएको ६५५ वटा लोकबाजा संरक्षण गरेर राख्नुभएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा. ओममूर्ति अनिलले ‘विश्व रेकर्ड’ राख्नुभएको छ । उहाँले फेसबुक लाइभमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा आफूले गिनिज वल्र्ड रेकर्ड बनाएको जानकारी दिनुभयो । डा. अनिलले विश्व मुटु दिवसका अवसर गत असोज १२ गते मुटुरोगसम्बन्धी जनचेतनामूलक सन्देश फेसबुक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड बनाउनुभएको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेको जानकारी दिनुभयो ।
‘पचास रुपियाँको तमसुक’, ‘गाउँको आवाज’ जस्ता नाटक गाउँघरमा साँझपख देखाइन्थे । दलहरूमाथि प्रतिबन्ध लागेको पञ्चायतकालीन त्यो समयमा यस्तै सडक नाटक जनचेतना जगाउने आधार थिए ।