गोरखापत्र दैनिकका उपसम्पादक प्रकृति अधिकारीलाई पितृशोक परेको छ । उहाँका पिता पूर्णचन्द्र अधिकारीको आज बिहान साढे ६ बजे ८४ वर्षको उमेरमा निधन भएको छ ।
सुर्खेतका सहिद प्रहरीका परिवारले गरेको फूलखेती बजारमा पठाउन पाइने भएको छ । नेपाल प्रहरीका शहीद परिवारले तिहारलाई लक्षित गरी रोपेका फूलहरू बजारमा पठाउन थालिएको हो । बिहीबारबाट शहीद प्रहरीका परिवारको जीविकोपार्जनमा टेवा पुग्ने अपेक्षाका साथ फुल खेती सुर्खेत बजारमा पठाइएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भीम प्रसाद ढकालले जानकारी दिनुभयो । नेपाल प्रहरी श्रीमती सङ्घ कर्णाली प्रदेशको सहयोगमा १५ परिवारले रोपेका फूल बिक्रीका लागि बजार पठाइएको हो ।
भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन् । बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ । उद्योगका चिस्यान केन्द्रको प्यासेजसमेत दुग्धजन्य पदार्थले भरिएका छन् ।
रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा आएका एक पर्यटकको लडेर मृत्यु भएको छ । फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको बिहीबार लडेर निधन भएको हो ।
पर्वतको पैयुँ गाउँपालिकास्थित डुडे खरीबोट फाँटमा वडाध्यक्षको अगुवाइमा व्यावसायिक तरकारी खेती गर्न थालिएको छ । गाउँको खेतीयोग्य जमिन बाँझो भएपछि वडाध्यक्षकै अगुवाइमा २० रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती सुरु गरिएको हो । गाउँघरमा युवा रोजगारीका लागि अन्यत्र जाने र गाउँका मानिससमेत बसाइ सरेर अन्यत्र जाँदा मलिलो खेतीयोग्य जमिन बाँझो रहेको थियो । सिँचाइको राम्रो सुविधा भएको खेतीयोग्य जमिन नै खनजोत हुन नसक्दा पैयुँ गाउँपालिका–७ का अध्यक्ष तोयनाथ शर्माको मन दुख्यो । वडाध्यक्ष शर्माले गाउँको खेतीयोग्य जग्गामा व्यावसायिक तरकारी खेती गर्ने योजना वडा बैठकमा प्रस्ताव गर्नुभयो । वडाको पहलमा २३ जनाको भोर्ले बहुउद्देश्यीय कृषक समूहको गठनपछि व्यावसायिक तरकारी खेती सुरु भयो ।
जन्मेदेखि नै कुवाको पानी खान बाध्य बुलिङटार–२ डाँडाझेरी द्यौबादीका नरवीर मश्राङ्गी मगर घरमै खानेपानी धारा पुगेपछि दङ्ग हुनुहुन्छ। पहिलो पटक धाराको खानेपानी खान पाएकोमा उहाँ खुसी हुनुभएको हो । पूर्वी नवलपरासीको बुलिङटार डाँडाझेरी द्यौबादीका सात टोलमा तत्कालीन सरकारको पाँच करोड ३६ लाख रुपियाँ लागतमा खानेपानी आयोजना सम्पन्न भएको वडाध्यक्ष कमल बकावल मगरले बताउनुभयो ।
सिरहा जिल्लामा सबैभन्दा बढी छ वटा वडा भएको लक्ष्मीपुरपतारी गाउँपालिका हो । यसको पूर्वमा लहान नगरपालिका, उत्तरमा धनगढीमाई नगरपालिका, पश्चिममा सुखीपुर नगरपालिका र दक्षिणमा
विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका कुनै पनि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिव्रmीवितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन २०८० जारी गरेको छ ।
रास्कोट नगरपालिकाको मूल सडक निर्माणको चार वर्षमै जीर्ण बनेको छ । २०७४ साल माघमा नगरपालिकालाई हस्तान्तरण गरिएको १८ किलोमिटर मूल सडक खाल्टाखुल्टी भई कालोपत्रे उप्केपछि यात्रुले सास्ती खेप्दै आएका छन् । प्रदेश सरकारले सडक फराकिलो गर्ने नाममा दुई करोडको ठेक्का लगाएसँगै सडक सुधारभन्दा जीर्ण हुँदै आएको छ । पछिल्लो समय २६ करोड रुपियाँको हाराहारीमा सडक कालोपत्रेका लागि भनेर ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले समयमा काम नगरेको र नगरपालिकाले ताकिता नदिएका कारण रास्कोटको मूल सडक अहिले निकै जोखिम बनिरहेको बताइन्छ । बर्सातमा बाढीले चिरा पारेको सडक उस्तै छ भने बालुवा र माटो थुप्रिएको सडक क्षेत्र पूरै धुलाम्मे भएको छ ।
लुम्बिनी प्रदेशमा पाठेघरको क्यान्सरको जोखिम बढ्दै गएको देखिएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले एक वर्षको अवधिमा विभिन्न जिल्लामा गरेको परीक्षणले पाठेघरको क्यान्सरको जोखिम बढ्दै गएको जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा प्रदेशका कुल १२ जिल्लामा करिब ४१ हजार ४२५ जना महिलाको पाठेघरको मुखको क्यान्सर भए/नभएको परीक्षण गर्दा एक हजार ४९९ जनामा क्यान्सरको सङ्केत देखिएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले जानकारी दिनुभएको छ ।
डडेलधुरा जिल्ला सदरमुकाम खलङ्गामा रहेको ऐतिहासिक ढुङ्गे अमरगढी किल्लाको संरक्षणमा नेपाली सेनाले चासो देखाएको छ । अमरगढी नगरपालिका–५, खलङ्गामा अवस्थित सो किल्ला छ हजार ५०० फिट उचाइमा रहेको छ । सो किल्ला ढुङ्गा, माटोसँगै काठले बनेको छ । यसको सिंहको टाउकोको आकार जस्तो छ । श्री ५ रणबहादुर शाहको शासनकाल सन् १८४७ भाद्र ३१ गते नेपाल एकीकरणको सिलसिलामा डोटेली राज्यको नारीदाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्यमा गाभियो भन्ने इतिहास पाइन्छ । नारीदाङमा कप्तान रणवीर खत्रीको नेतृत्वमा आएको १० कम्पनीका सैनिक जवान र डोटेली राज्यसँग घमासान युद्ध भएको इतिहास छ । युद्धमा गोरखाली फौजसँग डोटेली फौज पराजित भइसकेपछि यस भूभागको सुशासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी अमरसिंह थापा प्रथम प्रशासकका रूपमा आउनुभएको बताइन्छ ।
भूगोल र हावापानीको अनुपम विविधतायुक्त नेपालमा फूल फुल्ने साढे छ हजारभन्दा बढी प्रजातिका बोट विरुवा पाइए पनि ४२० प्रजातिका फूलको मात्र उत्पादन भइरहेको छ । साँझ बिहानदेखि मन्दिरसम्मका नित्य पूजापाठ, धार्मिक, सांस्कतिक, सामाजिक संस्कार पर्वमा फूल (पुष्प) पवित्र मान्ने प्रचलन परापूर्वकालदेखिकै हो । आफ्ना बारीबगैँचा, आँगनका डिलमा हुर्काइएका फूल, पाती, दुबोले नै दैनिक कर्मदेखि तिहार जस्ता फूलमालाको बढी प्रयोग हुने पर्वसम्मको माग धानिएको थि
क्रिकेट हाल नेपालमा सर्वत्र रुचाइएको खेल हो भन्नेमा कुनै शङ्का रहेन । युवाको विदेश मोह, अर्थतन्त्रको खस्किँदो स्थिति, बाढी, पहिरो तथा भूकम्प जस्ता प्रकोपले मुलुक हरेक दिन पीडित हुँदै गइरहेको छ । यस्तो बेला मुलुकको ध्यान क्रिकेटले ल्याएको उल्लासतर्फ जानु स्वाभाविकै हो । खेल र खेलाडीले जात, क्षेत्र र धर्म नभनी मुलुकको शिर उचो बनाउने र मुलुकलाई जोड्ने काम गरेको हुन्छ । देशको झन्डा विदेशी भूमिमा फहरिनु नेपालीहरूमा गर्वको विषय हुन जान्छ । जुन हालै सम्पन्न एसिया कपमा पाकिस्तान र श्रीलङ्कामा क्रमशः आयोजक पाकिस्तान र नेपालबिचको खेल र भारत र नेपालबिचको खेलमा नेपालका दर्शकहरूको उपस्थितिले देखायो ।
जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीका गोरख सिंह र शोभा सिंहलाई राहतभन्दा पनि खाइलाग्दो अवस्थाका दुई छोरीको निधनले आहत बनाएको छ । यही कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६ दशलमलव ४ रेक्टर स्केलको भूकम्पले सिंह दम्पतीका दुई छोरी उपसना र ऊर्जाको ज्यान गयो ।
भारतको गोवास्थित बिरला इन्स्टिच्युट अफ टक्नोलोजी एन्ड साइन्सको कग्निटिभ न्युरोसाइन्स ल्याब (संज्ञानात्मक स्नायु विज्ञान प्रयोगशाला) ले आयोजना गरेको सोसाइटी फर कग्निटिभ साइन्स अफ कल्चरको तेस्रो अन्तर्राष्ट्रिय कार्यशालामा मलाई मूल वक्ताका रूपमा बोलाइएको थियो । यो सोसाइटी संज्ञानात्मक विज्ञानको क्षेत्रमा अनुसन्धान गर्ने विश्वका विभिन्न देशका वैज्ञानिकले हाम्रो मस्तिष्कमा मानव संस्कृतिका विभिन्न अवयव जस्तै भाषा, धर्म, साक्षरताले पार्ने प्रभावको अध्यय