तीन वर्षीय बालकले खेलाएको लाइटरबाट घरमा आगलागी भएको छ ।
गते शुक्रबार गएको भूकम्पपछि प्रभावित क्षेत्रमै रहेर उद्धार, उपचारलगायत समन्वयका काममा निरन्तर रहनुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा यतिखेर राहत वितरणमा लाग्नु भएको छ ।
बागमती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुलाई बस खरिदमा अनुदान दिने भएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका –१० फुरुम्बुका एक अग्निपीडित परिवारलाई वडा कार्यालयले सहयोग गरेको छ । फुरुम्बु लामाथान टोलका अग्निपीडित यामकुमार शिवाको परिवारलाई वडा कार्यालयले सहयोग गरेको हो ।
पोखरामा एटिएम मेसिन तोडफोडको प्रयास गर्ने एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा ८, सभागृहचोक नजिकै रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोडको प्रयास गर्ने भारतको बिहार प्रदेश मोतिहारी घर भई हाल पोखरा–९, नयाँबजार बस्दैआएका २० वर्षीय बबी ठाकुरलाई प्रहरीले मङ्गलबार राति पक्राउ गरेको हो ।
बाँकेको खजुरा गाउँपालिकाले जाजरकोट र रुकुमपश्चिम्का भूकम्प प्रभावितलाई थप पाँच लाख रुपियाँ बराबरको खाद्यान्न सहयोग गर्ने भएको छ ।
कोशी प्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा पुरञ्जन आचार्य नियुक्त हुनुभएको छ । बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले बुद्धिजीवी पुरञ्जन आचार्यलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । लगत्तै उहाँलाई मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबारदेखि अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन सुरु भएको छ । महेन्द्रनारायण निधि मिथिला सँस्कृति केन्द्रको सभा हलमा आजबाट सुरु भएको सो सम्मेलनको एक कार्यक्रमवीच ओशो तपोवन नेपाल काठमाडौंका बोधीसत्य स्वामी आनन्द अरुणले उद्घाटन गर्नुभयो ।
बागमती प्रदेश सरकारले पाँचवटा मन्त्रालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत महशुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत महशुल बक्यौता असुलीलाई देशभरि अभियानकै रुपमा चलाइरहेको छ ।
जाजरकोटका भूकम्पपीडितलाई राहत वितरण गरिएको छ । जाजरकोटको बारकोट गाउँपालिका–२ को रोकाया गाउँमा राहत वितरण गरिएको हो ।
नेकपा (एमाले)का सबै जनसङ्गठनले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको सेवामा जुट्ने भएका छन् । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज भएको जनसंगठन समन्वय संयन्त्रको बैठकले अहिलेसम्म गरिएका उद्धार तथा राहतको कामप्रति धन्यवाद दिँदै प्रभावित क्षेत्रमा फैलन सक्ने महामारीप्रति सचेत हुँदै राहतका अघि बढाउने निर्णय गरेको संयन्त्रका प्रमुख भानुभक्त ढकालले बताउनुभयो ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडितका लागि राहत सामग्री लिएर जाजरकोट पुग्नुभएको छ । भूकम्पपीडितले राहत नपाएको गुनासो आएपछि उपप्रधानमन्त्री खड्का आफैँ राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोटको जुनीचाँदे गाउँपालिका पुग्नुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग भूकम्पबाट घाइते भएकाको प्रभावकारी उपचार सेवामा कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभएको छ ।
उज्यालोको पर्व तिहार आउन केही दिन मात्र बाँकी छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीतमा अधिकांश नेपाली चलचित्रका हुने गर्दछन् । कालजयी ती गीत अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीतमा पनि समेटिएका छन् ।