जाजरकोट भूकम्पबाट प्रभावित दुर्गम स्थलहरूमा राहतस्वरूप खाद्यान्न पठाउन सुरु गरिएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले बुधबारदेखि दुर्गम स्थलमा खाद्यान्न पठाउन सुरु गरेको हो । दुर्गम भए पनि गाडी जाने ठाउँमा ट्याक्टरबाट र सडक नपुगेका स्थानमा हेलिकोप्टरबाट पठाउन थालिएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ जुनझेङको नेतृत्वमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । उपराष्ट्रपतिको कार्यालयमा बुधबार भएको भेटवार्तामा नेपाल र चीनबिचको सुमधुर सम्बन्धका विविध आयाममा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा उहाँहरूबिच चिनियाँ परराष्ट्रमन्त्री एवं चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरोका सदस्य महामहिम वाङ यी तथा युन्नान प्रान्तका अन्य नेतासँगको भेटमा हामीले व्यापार प्रवर्धन, लगानी, पर्यटन तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहकार्य सुदृढ गर्नेलगायतका आपसी हितका विषयमा छलफल भएको थियो ।
नेपाल पुलिस क्लब पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को फाइनलमा प्रवेश गरेको छ ।
सामूहिक भाइटीका अभियानको २५ औँ वर्ष पुगेको अवसरमा काठमाडौँमा यस वर्ष विशेष कार्यक्रमसहित सामूहिक भाइटीकाको आयोजना गरिने भएको छ । समाजसेवी अञ्जली दिदी (अञ्जली मास्के) ले विसं २०५५ देखि काष्ठमण्डपमा विविध कारणले दिदीबहिनीको हातबाट भाइटीका लगाउन जान नपाएका दाजुभाइलाई सामूहिक भाइटीका लगाउँदै आउनुभएको छ । यस व
गायक डा. दामोदर पाण्डेको स्वरमा नयाँ गीत भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ । नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक पाण्डेकै शब्द रचना रहेको छ । गीतमा सङ्गीतकार उपेन्द्रलाल सिंहले सङ्गीत भर्नुभएको छ भने गीतको एरेन्जको पाटो एरेन्जर प्रमोद परियारले सम्हालेका छन् । भिडियोको निर्देशन भने निर्देशक सान थापाले गर्नुभएको हो ।
बाँकेको कोहलपुर नगरपालिका २ तेह्र विगाह बिघामा सञ्चालन भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिता २०८०’ को उपाधिका नेपाली सेनाको त्रिभुवन क्लबले जितेको छ ।
निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम लागु गर्न स्थानीय तहलाई नै पूर्ण रूपमा जिम्मेवार बनाउने गरी कानुनको मस्यौदा गरिएको छ । स्थानीय तह र आम निर्वाचनमा निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम निष्प्रभावी भएपछि आयोगले निर्वाचन शिक्षा तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०८० मा यस्तो प्रस्ताव गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइतेभएकाहरूको उपचारमा ध्यान दिन आग्रह गर्नुभएको छ ।
कृषि विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी परीक्षण केन्द्रले अस्वस्थ एवं गुणस्तरहीन फूलको अवैध आयात रोक्न देशभरका प्लान्ट क्वारेन्टाइन कार्यालयलाई पत्राचार गरेको छ । केन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभर सञ्चालित प्लान्ट क्वारेन्टाइनका १४ वटा कार्यालयलाई फूलको गुणस्तर परीक्षणका लागि पत्राचार गरेको हो । केन्द्रले बिरुवा संरक्षण ऐन २०६४ र नियमावली २०६६ अनुसार देशबाहिरबाट आउने वनस्पतिजन्य वस्तुमा रोग, किराको परीक्षण गर्ने गरेको छ ।
तिहार नजिकिँदै गर्दा बजारमा सुनचाँदीको कारोबार बढ्न थालेको छ । चाडपर्वका बेला ग्राहकले नयाँ गहना किन्ने भएकाले पनि सुनचाँदीको कारोबार बढ्न थालेको छ । सामान्य अवस्थामा दैनिक १० किलो सुन बिक्री हुने गरेकामा अहिले २० किलोमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले विगतका वर्षजत्तिको व्यापार बढ्न नसके पनि अन्य समयको तुलनामा दुई/तीन दिनअघिदेखि सुनको कारोबार बढ्दै गएको जानकारी दिनुभयो ।
शरद ऋतुमा हिमाल आरोहणका लागि एक हजार १८५ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार कात्तिक २२ गते सम्ममा स्वदेशी तथा विदेशी गरी ९४८ जना पुरुष र २३७ जना महिलाले आरोहण अनुमति लिएका हुन् । विभागका निर्देशक राकेश गुरुङका अनुसार आरोहण अनुमति लिनेमा सबैभन्दा बढी आमादब्लम आरोहणका लागि अनुमति लिने रहेका छन् । उहाँले भन्नुभयो, “आमादब्लम आरोहणका लागि ३३९ जना पुरुष र ७० जना महिला गरी ४०१ जनाले अनुमति लिएका छन् । अहिलेसम्म ७२ देशका आरोहीले विभिन्न ४९ हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।” त्यस्तै मनासलु आरोहणका लागि ३०१, हिमलुङ आरोहणका लागि १२५ जनाले अनुमति लिएका छन् । आरोहण अनुमतिबाट छ करोड ९१ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ ।
नागार्जुन नगरपालिकाले सेवा प्रवाह र सुशासनलाई फरक रूपमा सञ्चालन गर्न थालेको छ । नगरपालिका वडा नं. ५ स्थित हरिसिद्धिमा अत्याधुनिक प्रशासनिक भवन निर्माण गरेसँगै सेवा प्रवाह र सुशासनलाई फरक रूपमा सञ्चालन गर्न थालेको हो । नगरपालिकाको पहिलो तलामा नागरिक सहायता कक्ष स्थापना गरी सेवाग्राहीलाई परामर्श दिने गरेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा हालसम्म पाँच करोड ९५ लाख रुपियाँ जम्मा भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको भूकम्पका पीडितका लागि राहत सहयोग र पुनस्र्थापनाका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेपछि उक्त रकम जम्मा भएको हो । यो रकम आइतबारदेखि बुधबारसम्मको हो ।
कर्णाली करिडोर अन्तर्गत लालीघाट बजारमा होटल व्यवसाय गर्दै आउनुभएका एक होटल ब्यबसायीको भिरबाट लडेर ज्यान गएको छ । पलाँता गाउँपालिका ९ थिर्पू स्थाई घर भएका बर्ष ४९ का होटल व्यवसायी हरिकृष्ण बमको भीरबाट लडेर मृत्यु भएको हो ।