• २७ वैशाख २०८२, शनिबार

सेवाग्राहीमैत्री हुँदै नागार्जुन

blog

काठमाडौँ, कात्तिक २३ गते । नागार्जुन नगरपालिकाले सेवा प्रवाह र सुशासनलाई फरक रूपमा सञ्चालन गर्न थालेको छ । नगरपालिका वडा नं. ५ स्थित हरिसिद्धिमा अत्याधुनिक प्रशासनिक भवन निर्माण गरेसँगै सेवा प्रवाह र सुशासनलाई फरक रूपमा सञ्चालन गर्न थालेको हो । नगरपालिकाको पहिलो तलामा नागरिक सहायता कक्ष स्थापना गरी सेवाग्राहीलाई परामर्श दिने गरेको छ ।

सहायता कक्षमा बसेका कर्मचारीले सेवाग्राहीको सेवाको प्रकृति, सेवा लिन लाग्ने समय, सेवा प्रदान गर्ने सम्बन्धित शाखा र कर्मचारीका बारेमा जानकारी गराएपछि सम्बन्धित शाखासम्म पु¥याउने गरेका छन् । नगरपालिकाको प्राङ्गणबाट मूलद्वार प्रवेश गर्नेबित्तिकै नागरिक सहायता कक्षमा रहेका कर्मचारीले सेवाग्राहीमैत्री सेवा प्रदान गर्ने गरिएको देख्न सकिन्छ । त्यस्तै अपाङ्गता भएका सेवाग्राहीका लागि ह्विल चेयरमै बसेर सम्बन्धित शाखासम्म पु¥याउने र आवश्यकताका आधारमा साङ्केतिक भाषाको व्यवस्था गरिएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले नगरपालिकाले आफ्नै अत्याधुनिक प्रशासनिक भवन निर्माण गरेपछि कार्यालयलाई पूर्ण रूपमा सेवाग्राहीमैत्री बनाइएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सेवा लिन कुर्नुपर्दा सेवाग्राहीलाई सन्देशमूलक टेलिभिजन हेर्दै चिसो र तातो पानी पिउन प्रबन्ध गरिएको छ ।” यसअगाडि नगरपालिकाको आफ्नै प्रशासनिक भवनको अभावमा भाडामा बस्नुपर्दा साँघुरो ठाउँमा खुम्चिएर सेवा प्रवाह गर्नुपरेको तर अहिले आफ्नै प्रशासनिक भवन निर्माण भएपछि सेवालाई सेवाग्राहीमैत्री बनाइएको उहाँले स्पष्ट पार्नुभयो । 

नगरपालिकाका प्रमुख मोहनबादुर बस्नेतले सेवाग्राहीको कुनै गुनासो आए तत्काल नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसमक्ष पु¥याएर समाधान गर्ने प्रबन्ध गरिएको बताउनुभयो । हरेक निर्णयलाई नगरपालिकाको वेबसाइट र नगरपालिकाको फेसबुक पेजमार्फत सार्वजनिक गर्ने गरिएको, आवश्यकताका आधारमा पत्रकार सम्मेलन गरी नगर कार्यपालिका, नगर सभाका निर्णय सार्वजनिक गर्ने गरेर पारदर्शिता कायम गर्ने गरिएको र सबै कामलाई कानुन निर्माण गरेर मात्र काम गर्ने गरिएको छ । 

उहाँका अनुसार नगरपालिकाका १० वटै वडाबाट नियमित सेवा प्रवाहका काम भइरहेका छन् भने सम्भव भएसम्मका सबै कामलाई नगरपालिकाले प्रविधिमैत्री बनाउँदै गएको छ ।