समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
नेपाल व्यावसायिक बाख्रापालक महासङ्घले सरकारले पेसा व्यवसायको संरक्षण गर्नुपर्ने माग गरेको छ । महासङ्घले आफूहरुको पेसा–व्यवसायको संरक्षणका लागि हाल भइरहेको सरकारी प्रयास न्यून उपलब्धि दिने, नाम मात्रैका र वास्तविक किसानको पहुँचभन्दा बाहिर रहेको जनाएको छ ।
दसैँको उल्लास र उमङ्गको रौनक सेलाउन नपाउँदै आउने तिहार पर्व दसैँ जस्तै धार्मिक र सामाजिक महìवको पर्व हो । दसैँमा पशुबलि वा हिंसाको बाहुल्यता रहेको हुन्छ भने तिहारमा आपसी भाइचारा र वसुधैव कुटुम्बकम्को भावना मुखरित भएको पाइन्छ । दसैँमा कालरात्रि जगाइन्छ भने तिहारमा दीपावलीको आलोक । प्रायः कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिबाट त्यसै महिनाको शुक्लपक्षको द्वितीया तिथि पाँच दिनसम्म सम्पन्न गरिने र त्यसै पाँच दिनभित्र मृत्युका देवता यमराजको पूजा हुने हुँदा तिहारलाई यमपञ्चक पनि भनिन्छ ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भूकम्पबाट प्रभावितहरूलाई भेदभावरहित तरिकाले राहत वितरण गर्न निर्देशन दिनुभएको छ ।
मधेस प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादव उच्च अदालत जनकपुर राजविराजको आदेशमा बिहीबार राती रिहा हुनुभएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ख बाट निर्वाचित सांसद यादवलाई उच्च अदालतले रु एक लाख २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको अदालतका निमित्त रजिस्ट्रार फणीन्द्रराज भट्टराईले जानकारी दिनुभयो ।
शिक्षाको मन्दिर विद्यालय हो । सो मन्दिरका पुजारी शिक्षक हुन् । शिक्षक योग्य, दक्ष र शिल्पी हुनु पर्छ भन्ने मान्यता राखिन्छ । शिक्षक योग्य र दक्ष हुनलाई शिक्षक स्वयम्को पढाइ, लेखाइ र तालिम अत्यन्तै जरुरी मानिन्छ । नेपालमा शिक्षक तालिमको इतिहास केलाउँदा विसं २००४ सालमा आधार शिक्षक तालिम केन्द्रको स्थापना भएको देखिन्छ । विसं २०११ सालमा राष्ट्रिय शिक्षक तालिम केन्द्रको स्थापना तथा विसं २०१४ सालमा शिक्षक तालिमका लागि शिक्षा महाविद्यालयको स्थापना भएको थियो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा हुँदैछ ।
मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई पोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो ।
भिरबाट लडेर घाइते हुनुभएका अभिनेता प्रकाश घिमिरे डिस्चार्ज हुनुभएको छ । कात्तिक १० गते नदीपुरमा लडेर गम्भीर घाइते भएपछि उहाँको पोखरास्थित मणिपाल अस्पतालमा उपचार गरिएको हो । स्वास्थ्यमा सुधार आएपछि उहाँलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको मणिपाल शिक्षण अस्पतालका निर्देशक अभिषेक मास्केले बताउनुभयो । उहाँका अनुसार घिमिरेको स्वास्थ्यमा सुधार आएको र टाउकोमा लागेको चोटमा पनि सुधार आएको छ । उहाँको अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको हो । उहाँ अब घरमै आराम गर्नुहुन्छ ।
विवाहित महिलाहरूबिच भएको सौन्दर्य प्रतियोगितामा इटहरीकी पृथ्वीया थापाले सोफी मिसेस नेपाल वर्ल्ड २०२३ को उपाधि प्राप्त गर्नुभएको छ । बुधबार राति काठमाडौँमा सम्पन्न प्रतियोगितामा लेखा परीक्षक थापाले मुख्य उपाधिका साथ मस्ट ट्यालेन्टेडको उपाधिलाई पनि आफ्नो बनाउनुभयो । थापाले सोफी मिसेस नेपाल वर्ल्ड भएबापत आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नुहुने छ । उहाँले एक स्कुटर पनि प्राप्त गर्नुभएको छ ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा परम्परागत पहिरन र गरगहना लगाएर नाचिने ठाइकोर नाच पुराना पुस्ताबाट नयाँ पुस्ताकी युवतीले सिक्न थालेका छन् । उक्त नाच लोप हुने अवस्थामा पुगेपछि पुराना पुस्ताका महिलाले नयाँ पुस्ताकी युवतीलाई सिकाउन थालेका हुन् ।
शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘दिमाग खराब’ लाई देशका प्रमुख मल्टिप्लेक्स हलहरूले उच्च सो उपलब्ध गराएका छन् । चलचित्रले देशभरका मल्टिप्लेक्समा डेढ सय बढी सो प्राप्त गरेको छ । चलचित्रलाई दी क्युएफएक्सले काठमाडौँ उपत्यका र उपत्यकाबाहिर गरी ५८ सो दिएको छ भने दोस्रो ठुलो मल्टिप्लेक्स चेन आइएनआईले १४ सो, एफक्युबले छ सो, वान सिनेमाजले दुई हलमा गरी १० सो, बिग मुभिज र क्युज सिनेमाजले समान पाँच/पाँच सो, रञ्जना सिनेप्लेक्सले सात सो, सिके सिनेमाजले सो, सिडिसी सिनेमाले तीन सो दिएको छ । समग्रमा हेर्दा चलचित्रको सो उत्साहप्रद रहेको बताएको छ ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरेर सरकारले उक्त निर्देशिका जारी गरेको हो । निर्देशिका अनुसार सवारी सुविधा प्राप्त गर्ने कर्मचारीले अबदेखि इन्धनको सट्टा नगद प्राप्त गर्ने छन् । इन्धनबापत सम्बन्धित कर्मचारीलाई कार्यालयले इन्धनको मूल्य बराबरको रकम मासिक रूपमा र मोबिल, बे्रक आयलबापतको रकम त्रैमासिक रूपमा उपलब्ध गराउनुपर्ने छ । यसरी प्रदान गरिने इन्धनबापतको रकम मासिक रूपमा दिने तलबभत्तासँगै कर्मचारीले भुक्तानी पाउने छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको बुुधबारदेखि ‘कोटा’ बढाएको छ । कर्पोरेसनले गएको मङ्गलबारदेखि उनीहरूलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोरा दिँदै आएकामा बढाएर २० बोरासम्म पु¥याएको हो । बोरामा ५० केजी चिनी हुन्छ ।