• ११ मंसिर २०८१, मङ्गलबार

अभिनेता घिमिरे डिस्चार्ज

blog

काठमाडौँ , कात्तिक २४ गते । भिरबाट लडेर घाइते हुनुभएका अभिनेता प्रकाश घिमिरे डिस्चार्ज हुनुभएको छ । कात्तिक १० गते नदीपुरमा लडेर गम्भीर घाइते भएपछि उहाँको पोखरास्थित मणिपाल अस्पतालमा उपचार गरिएको हो । 

स्वास्थ्यमा सुधार आएपछि उहाँलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको मणिपाल शिक्षण अस्पतालका निर्देशक अभिषेक मास्केले बताउनुभयो । उहाँका अनुसार  घिमिरेको स्वास्थ्यमा सुधार आएको र टाउकोमा लागेको चोटमा पनि सुधार आएको  छ । उहाँको अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको हो । उहाँ अब घरमै आराम गर्नुहुन्छ ।