धनगढी उपमहानगरपालिका भित्र रहेका निजी विद्यालयले चालु शैक्षिकसत्रमा शुल्क वृद्धि गर्न नपाउने भएका छन् ।
बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्मा पक्राउ पर्नुभएको छ ।
नेपाली कांग्रेसका नेताहरूले नेपाली जनतामा अहिले बढ्दैगएको नैराश्यता हटाउने बताउनुभएको छ । कांग्रेस चितवनले सोमवार चितवन क्षेत्र २ को विभिन्न स्थानमा भएका चुनावी सभामा नेताहरूले सो कुरा बताउनुभएको हो ।
चाँदी झैँ टल्किइरहेको छ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा । हिमालको फेदीमा गुराँसका फूलहरुले मनै आकर्षित गरिरहेको छ यतिबेला ।
एसीसी प्रिमियर कप क्रिकेटमा घरेलु टोली नेपालले मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा कालीमार्सीधानको खेती घट्दै गएको छ । कालीमार्सीधान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै, आलु रोप्न थालेपछि मार्सीधानको खेती घट्दै गएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष चासो र निर्देशनपछि यस शैक्षिक सत्रमा भर्ना अघि नै देशभरका सामुदायिक विद्यालयका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन् ।
बाँकेको खजुरा गाउँपालिकामा गर्भवती महिला र शिशुको स्वास्थ्य सुरक्षाका लागि ग्रामीण अल्ट्रासाउण्ड (भिडियो एक्स-रे) कार्यक्रम सुरु गरिएको छ ।
राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाका पूर्वसदस्य तेजमान तुम्बाहाम्फेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
सांसदहरूले सरकार संसद्प्रति उत्तरदायी हुँदै समितिले दिएका निर्देशन सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।
सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा इङ्लिस प्रिमियर लिगको शीर्षटोली आर्सनल वेस्ट हाम युनाइटेडसँग बराबरीका रोकिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सङ्घीय निजामती सेवा ऐन छिट्टै संसदमा पेस गर्ने तयारीमा रहेको बताउनुभएको छ ।
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले गेटाफेसँग बराबरी खेल्दै अंक बाँडेको छ ।
धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको बिस्का (बिस्केट) जात्राको ८औँ दिन भक्तपुरवासीले द्यो स्वगं बिएगु पूजा (सगुन जात्रा) मनाएका छन् ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका –२ सितापुरमा बाढीले विस्थापित भएको विद्यालय पुनः स्थापना भएको छ ।