नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदी मृत अवस्थामा फेला परेका छन् ।
तिनाउ नदीमा डुबेर एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तरप्रदेश मगहरकाजिपुर घर भई नेपाल घुम्न आउनुभएकी शाहिस्ता प्रविन रहनुभएको छ ।
यही कात्तिक १७ गते शुक्रबारको मध्यरात जाजरकोट केन्द्रबिन्दु भएर आएको ६ं.४ रेक्टर स्केलको भूकम्प आउँदा जाजरकोटका टीकाराम परियार घर बाहिर नै थिए ।
सभामुख देवराज घिमिरेले निर्माणाधीन सङ्घीय संसद्को भवन दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा आएका विश्वका धनीहरूको सङ्गठन फ्रिडम फन्डका पदाधिकारी तथा प्रतिनिधिबिच आज गृह मन्त्रालय, सिंहदरबारमा भेट तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
गत वर्षको पहिलो छ महिनामा ७५ हजार सात सय २३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए । जुन यो वर्षको सोही अवधिमा भएको पर्यटक आगमनको तुलनामा २५ हजार तीन सय दुईले कम हो ।
मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका आगामी हप्तादेखि सञ्चालन हुने भएको छ । गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले चिनियाँ पक्षबाट कात्तिक २७ गतेदेखि नाका सञ्चालन हुने जानकारी आएसँगै स्थानीयवासीमा खुसियाली छाएको बताउनुभयो ।
धनकुटा नगरपालिका–७ बसपार्कमा श्रीमती र तीन छोराछोरीसहित भारतको भण्टाबारीका मुन्ना शर्मा ढुङ्गाबाट जातो, ओख्खल, लोहोरो र सिलौटो कुदेर बिक्री गरिरहनु भएको छ ।
भूकम्प र कोरोना महामारीका कारण शिथिल नगरकोटमा पर्यटकीय गतिविधि बढाउन यही कात्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव आयोजना गरिने भएको छ ।
काठमाडौँ महानगरपालिकाले अनुचित व्यापारिक क्रियाकलाप गर्ने कम्पनी तथा फर्मलाई जरिवाना गरी नौ लाख ६० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।
चिकित्सकमाथि कुटपिट गरेको विरोधमा पाटन अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।
दसैँ मनाएलगत्तै तिहार नजिकिन थालेपछि ताप्लेजुङका किसान धान काट्नमा व्यस्त भएका छन् । गत असार र साउन महिनामा लगाएको धानबाली थन्क्याउने बेला भएसँगै किसानहरू धान काट्न व्यस्त भएका हुन् ।
जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रबिन्दु भई मङ्गलबार दिउँसो १२ः ५८ बजे भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार चार रेक्टर स्केलको भूकम्प गएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई वाणिज्य बैंकले एक करोड रुपियाँको चेक हस्तान्तरण गरेको छ ।
बजारमा पाइनेभन्दा महङ्गो भएपछि सरकारले उत्पादन गरेको आलुको बीउ लक्ष्यअनुसार बिक्री हुन सकेको छैन । बजारमा प्रतिकिलो ४० देखि ५० रुपियाँमा खरिदबिक्री भइरहेको आलुको बीउको मुल्य सरकारलेचाहिँ प्रतिकिलो ८० रुपियाँ तोकेको छ ।