तिहार नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुको भाउ महँगिएको छ । सरकारको ध्यान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुममा केन्द्रित हुँदा केही व्यापारीले यही मौका छोपी आफूखुसी मूल्य तोकेपछि अधिकांश उपभोग्य वस्तुका भाउ महँगिएको हो । उद्योगी तथा व्यापारीहरूले यही मौका छोपेर आफूखुसी मूल्य तोकेर बिक्री गरेका छन् । यता उपभोक्ता भने व्यापारीले जति भने पनि किन्न बाध्य भएका छन् ।
चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) अलैँची निर्यात ५६ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अलैँची निर्यात ५६.८ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ७६ लाख सात हजार रुपियाँको निर्यात भएको छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा वृद्धि भएको हो । गत वर्ष सो अवधिमा एक अर्ब २० करोड ६१ लाख ४५ हजार रुपियाँको अलैँची निर्यात भएको थियो ।
शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर दुई वटा ठुला पराकम्पन गएका छन् । ६.४ रेक्टर स्केलको भूकम्प गएपछि सोमबार अपराह्न ४:३१ मा बारेकोट नै केन्द्रबिन्दु रहेको ५.८ रेक्टरको पराकम्पन गएको हो । त्यसलगत्तै ४:४० मा ४.५ रेक्टर स्केलको अर्को पराकम्पन गएको थियो । परकम्पले शुक्रबार चर्किएर भत्किन लागेका घर भत्किएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी हरिशचन्द्र शर्माले पुनः पराकम्पन गएकाले क्षतिको विवरण थप हुन सक्ने बताउनुभयो । ठुला पराकम्पन गएपछि जाजरकोटवासी थप त्रसित बनेका छन् ।
सशस्त्र प्रहरी बल नेपालले विपत्को समयमा प्रयोग गरिने पाँच वटा ‘डिजास्टर रिलिफ सिस्टम (डिआरएस)’ कन्टेनर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता शैलेन्द्र थापाले भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई राहतका लागि डिआरएस कन्टेनर पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार महेश्वरी वाहिनी मुख्यालय सुर्खेतबाट जाजरकोटका लागि तीन र ज्वालामाई गण दाङबाट दुई वटा कन्टेनर रुकुमपश्चिमका लागि पठाइएको हो ।
सरकारले टिकटकलगायत सामाजिक सञ्जालमा अश्लील सामग्री राख्नेलाई कानुनी दायरामा ल्याउने भएको छ । त्यसका लागि गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलगायतका नियामक निकायले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । गृह मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरी टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा द्वेष फैलाउने, विशिष्ट व्यक्तिको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्री राख्ने र त्यस्ता कार्य गर्ने व्यक्ति पत्ता लगाई कानुनी कारबाहीको दायरामा ल्याउने जनाएको छ ।
पोखरास्थित सेती नदी किनारमा आज एक मानवको भौतिक शरीर विलीन भयो। जन्मले बेलायती कलिन फिलिम स्मिथ भए पनि मन, वचन र कर्मले नेपाली नागरिक पुतलीबाजेको अन्त्येष्टि सेती नदी किनारमा गरिएको हो । विसं २०२२ माघमा पहिलो पटक नेपाल आई यहीँ अध्ययन र बसोबास गरेर नेपालमा नै अन्तिम श्वास फेर्ने इच्छा गर्नुभएका उहाँको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाएर सम्मान प्रदान गरियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उहाँको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाउनुभएको थियो । नेपालमा बसेर पुतलीको अध्ययन गर्नुभएकाले ‘पुतलीबाजे’ का नामले उहाँ प्रख्यात हुनुभयो । यी सबै योगदानस्वरूप उहाँलाई नेपालको मानार्थ नागरिकता प्रदान गरिएको थियो ।
जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि भारत सरकारद्वारा प्रदान गरिएको राहत सामग्रीको दोस्रो खेप बोकेर सोमवार बेलुकी भारतीय वायुसेनाको विमान नेपालगन्ज पुगेको छ ।
सोमबार दिउँसो जाजरकोटको रामिडाँडामा गएकोे भूकम्पमा परेर रुकुम पश्चिममा सात र जाजरकोटमा ६ जना गरी १३ जना घाइते भएका छन् ।
सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
नेकपा (एमाले) ले जाजरकोट भूकम्पमा परी घरबारबिहीन भएका पीडितलाई एक करोड रुपियाँ बरावरको राहत सामग्री वितरण गर्नेभएको छ
नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी टि २० विश्वकप एसिया क्वालिफायरमा उपविजेता बनेर विश्वकप टि २० मा चयन हुन सफल नेपाल क्रिकेट टिमलाई ५० लाख रुपियाँले पुरस्कृत गर्ने भएको छ ।
जाजरकोटमा गएको भूकम्पबाट पीडितलाई सहयोग गर्न जनवादी गणतन्त्र चीन सरकारले १० करोड रुपियाँ मूल्य बराबरका सामान नेपाल पठाएको छ ।
इंगल्याण्डमा रहेको नेपाल रन यूके क्लबले आइतबार लण्डनस्थित नर्थला पार्कमा “नर्थल्ट १० के” दौड कार्यक्रम आयोजना गरेको छ ।
समाजवादी मोर्चा, कीर्तिपुर नगर समितिले विकासमुखी, जनमुखी, प्रभावकारी कार्यसम्पादनको माग गर्दै कीर्तिपुर नगरपालिकालाई १९ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न राज्य व्यवस्था तथा सुशासन समितिको टोली बुधबार जाजरकोट र रुकुमपश्चिम जानेभएको छ ।