कक्षा १२ मा अध्ययनरत १८ वर्षीया प्रतिभा कुमारी सहनी विदेह नगरपालिकाको नगरप्रमुख बन्नुभएको छ ।
ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो ।
जाडो मौसम लागेसँगै मधेशका महिला गुइँठा बनाउन व्यस्त देखिन्छन् । अग्निसाइर कृष्णसवरण–५, छपककी सुनिता राय भन्नुहुन्छ, “गुइँठा बालेर हामी खाना पकाउँछौँ । गर्मी मौसममा लामखुट्टे भगाउन, जाडोको बेला घर तथा गोठ न्यानो राख्न, हवन गर्न गुइँठा चाहिन्छ नै ।”
सर्लाहीको लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा बिरामीले निःशुल्क औषधि पाउने फार्मेसी औषधि नभएर रित्तिएको छ । स्वास्थ्य बिमा गरेका बिरामीलाई निःशुल्क औषधि प्रदान गर्न राखिएको औषधि पसलमा अहिले कुनै पनि औषधि छैनन् ।
दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल कालिन्चोकको कुरीमा अतिक्रमण गरी बनेका संरचनाको विषयमा १४२ जनाले लिखित जवाफ पेस गरेका छन् ।
यहाँ भूकम्पबाट पाँच सय २६ घर क्षतिग्रस्त भएका छन्। गत शुक्रवार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट सल्यानमा पनि सयौँ घर क्षतिग्रस्त भएको हो ।
पूर्वी नवलपरासीका तीन स्थानीय तहले भूकम्पका कारण पीडित भएकालाई दुई÷दुई लाख रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । जिल्लाका देवचुली, मध्यबिन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले डोटी जिल्लाका सायल र बोगटान फुड्सिल गाउँपालिकाले सहयोग गर्ने घोषणा गरेका हुन् । जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१, रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण पीडित भएकालाई तिनले दुई/दुई लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् । नवलपुरको विनयीत्रिवेणी गाउँपालिकाले दुई लाख रुपियाँ सहयोग गर्ने भएको छ । विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले एक विज्ञप्ति जारी गर्दै गाउँपालिकाका तर्फबाट पहिलो चरणमा भूकम्पपीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि तत्काल दुई लाख रुपियाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
मकवानपुरको कैलाश गाउँपालिकामा सङ्घ, प्रदेश र स्थानीय सरकारको लगानीमा सडक विस्तार भइरहेको छ । गाउँपालिकाको केन्द्र कालिकाटारलाई त्रिभुवन राजपथसम्म जोड्ने र विभिन्न वडामा सडक सञ्जाल विस्तारका लागि सडक निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिइएको हो ।
नेपाली कांग्रेसकी नेत्री सपना राजभण्डारी राष्ट्रियता र राष्ट्रिय हितका विषयमा देशका सबै राजनीतिक शक्तिको साझा धारणा आउनुपर्ने बताउनुहुन्छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले हिउँदमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ । यस वर्ष ढिलो समयसम्म वर्षा भई नदीमा पानीको बहाव धेरै हुँदा पूर्ण क्षमता ६९ मेगावाट विद्युत् उत्पादन भएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख पशुपति गौतमले सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेकामा हाल पूर्ण क्षमतामा उत्पादन भएको जानकारी दिनुभयो । तीन वटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमतामा ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी हो । असोजमा समेत पानी परेकाले नदी र यसका सहायक नदी, खोलामा पानी धेरै भएकाले पूर्ण क्षमतामै उत्पादन
देशकै अन्न भण्डारको पर्यायका रूपमा चिनिएको कोशी प्रदेशका झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा दक्ष कृषि प्राविधिकको अभाव छ । दक्ष जनशक्तिको अभावमा परम्परागत कृषि आधुनिकतातर्फ उन्मुख हुन सकेको छैन ।
बुटवल उपमहानगरपालिकाले कर्णाली प्रदेशका भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ । उपमहानगरपालिकामा बसेको विपत् व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, ब्लाङ्केट र म्याट गरी एक ट्रक सामान जाजरकोट पठाइएको छ । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले एकद्वार प्रणालीमार्फत राहत सामग्री हस्तान्तरण गर्ने निर्णय अनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत जाजरकोट पुग्ने गरी राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । राहत सामग्री हस्तान्तरण गर्दै प्रमुख पाण्डेयले उपमहानगरपालिकाले २५ लाख रुपियाँ, जनप्रतिनिधिले थप पाँच लाख रुपियाँ र कर्मचारीको तर्फबाट समेत सहयोग गर्ने निर्णय भएको बताउनुभयो ।
चितवनमा ११५ वटा हात्तीका लागि एकहप्ते स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सोमबारदेखि सौराहाको खोरसोरमा सञ्चालित शिविरमा ६० वटा सरकारी हात्तीको उपचार सुरु गरिएको छ । त्यसपछि निजी क्षेत्रका अन्य हात्तीको उपचार हुने चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो ।
एक वर्षमै लोक सेवाका १० वटा परीक्षा उत्तीर्ण गर्न सफल गुल्मीका रमेश भण्डारीले असल राष्ट्रसेवक बन्ने चाहना राख्नुभएको छ । गुल्मी जिल्लाको धुर्कोट–५, वस्तुका २५ वर्षीय भण्डारी हालै सङ्घीय शाखा अधिकृत (लेखा समूह) सिफारिस हुनुभएको छ । भण्डारीले माथिल्लो स्तरमा पुग्नका लागि प्रयास जारी राख्दै गर्दा सचिव र मुख्य सचिवसम्म पुगेर असल राष्ट्रसेवक बन्ने सपना रहेको बताउनुभयो । लोक सेवाको तयारी गरेको छोटो समयमै मेहनतले सफलता हात परेको खुसी उहाँले सुनाउनुभयो ।