• २५ पुस २०८१, बिहिबार

गुइँठा बनाउनै व्यस्त

blog

ललिता साह

बोदेबरसाइन (सप्तरी), कात्तिक २१ गते । जाडो मौसम लागेसँगै मधेशका महिला गुइँठा बनाउन व्यस्त देखिन्छन् । अग्निसाइर कृष्णसवरण–५, छपककी सुनिता राय भन्नुहुन्छ, “गुइँठा बालेर हामी खाना पकाउँछौँ । गर्मी मौसममा लामखुट्टे भगाउन, जाडोको बेला घर तथा गोठ न्यानो राख्न, हवन गर्न गुइँठा चाहिन्छ नै ।”

तराई मधेशको शीतलहर छल्न पनि गुइँठाको आगो उपयोगी हुन्छ । सुत्केरी भएको बेला गुइँठाको आगो बच्चा र आमाका लागि लाभदायक मानिन्छ । हुन त अहिले खाना पकाउनकै लागि गाउँघरमा पनि धेरैजसोले ग्यास चुलो राख्छन् तर ग्यास सकियो भने सहरबाट ल्याउनु पर्छ । आफ्नै गाउँघरमा गाईवस्तुको गोबरबाट बनेको गुइँठा प्रयोग गर्न कुनै प्रकारको पैसा तिर्नु पर्दैन । त्यसैले गाउँघरका महिला जति जे सुविधा भए पनि खाना पकाउन गुइँठा नै प्रयोग गर्दै आएको सुनिताले बताउनुभयो । 

गाईवस्तुको गोबर जम्मा पारेर त्यसभित्र सनपाटको सन्ठी, पराल वा सुकेको घाँस, धान, गहुँको भुस राखेर गुइँठा तयार गरी घाममा सुकाइन्छ । यसरी गोबरलगायत स्थानीय वस्तुको प्रयोग गरेर बनाइएको गुइँठा कलात्मक देखिन्छ । 

महदेवा–१ कि सुकनी चौधरीका अनुसार गोबरको गुइँठाले धुवाँ दिने भएकाले स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकले बताउने गरेका छन् । अहिलेका पुस्ताले गोबरको गुइँठा नबनाए पनि पुराना पुस्ताका महिलाले गोबरको गुइँठा बेगर खाना बनाउँदैनन् ।

किटनाशक शक्ति गोबरले पर्व तिहारको बेला आँगन घर लिप्छौँ । त्यही गोबरको गुइँठाले खाना पकाउँदा बिरामी पर्ने भन्ने कुरा मिथिलाका महिला पत्याउँदैन । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ब्रजेश झाका अनुसार धँुवाजस्ता प्रदुषणको कारण मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्छ । गुइँठा र चुलो बालेर हुने प्रदूषणभन्दा पेट्रोल, डिजेल, अनेक प्रकारको ग्यास र प्लास्टिकका सामग्री जलाउँदा निस्किने धुवाँले वातावरण प्रदूषण बनाउँछ । यसले ट्युबर क्लोसिस, दम, क्यान्सरजस्ता दीर्घकालीन रोग ल्याई मानिसको स्वास्थ्यमा अत्यधिक असर गर्छ । गुइँठा बालेर चुलोमा खान पकाउँदैमा रोग नलाग्ने डा. झाले बताउनुभयो ।

राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनले दलित गरिब परिवारमा महिलालाई कम खर्च र सजिलो तरिकाले खान बनाउन र धुवाँबाट बच्नका लागि राजविराज नगरपालिकाले ग्रामीण महिलालाई धुवाँरहित चुलो वितरण गरेको जानकारी दिनुभयो । तराई मधेशको ग्रामीण भेगमा खाना पकाउन परम्परादेखि गुइँठाको प्रयोग गरिँदै आएको छ । पहिला सित्तैमा पाइने गोबर गुइँठा अहिले बजारमा बिव्रmी हुने गरेको विष्णुपुर–७ का किसान रामसरित साहले बताउनुभयो । 

उहाँले भन्नुभयो, “तिहार, छठ लागेपछि जाडो आउँछ । पुस नआउँदै मेरो परिवारका महिला दुई-चार गाडा गुइँठा तयार पारिसकेको हुन्छ । त्यतिबेला आफैँ बैलगाडामा गोबर गुइँठा लगेर राजविराज हटियामा बेच्ने गरेको छु ।”