मकवानपुरको कैलाश गाउँपालिकामा सङ्घ, प्रदेश र स्थानीय सरकारको लगानीमा सडक विस्तार भइरहेको छ । गाउँपालिकाको केन्द्र कालिकाटारलाई त्रिभुवन राजपथसम्म जोड्ने र विभिन्न वडामा सडक सञ्जाल विस्तारका लागि सडक निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्रता दिइएको हो ।
नेपाली कांग्रेसकी नेत्री सपना राजभण्डारी राष्ट्रियता र राष्ट्रिय हितका विषयमा देशका सबै राजनीतिक शक्तिको साझा धारणा आउनुपर्ने बताउनुहुन्छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले हिउँदमा पनि पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ । यस वर्ष ढिलो समयसम्म वर्षा भई नदीमा पानीको बहाव धेरै हुँदा पूर्ण क्षमता ६९ मेगावाट विद्युत् उत्पादन भएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख पशुपति गौतमले सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेकामा हाल पूर्ण क्षमतामा उत्पादन भएको जानकारी दिनुभयो । तीन वटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमतामा ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी हो । असोजमा समेत पानी परेकाले नदी र यसका सहायक नदी, खोलामा पानी धेरै भएकाले पूर्ण क्षमतामै उत्पादन
देशकै अन्न भण्डारको पर्यायका रूपमा चिनिएको कोशी प्रदेशका झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा दक्ष कृषि प्राविधिकको अभाव छ । दक्ष जनशक्तिको अभावमा परम्परागत कृषि आधुनिकतातर्फ उन्मुख हुन सकेको छैन ।
बुटवल उपमहानगरपालिकाले कर्णाली प्रदेशका भूकम्प प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री पठाएको छ । उपमहानगरपालिकामा बसेको विपत् व्यवस्थापन समितिको बैठकले गरेको निर्णय अनुसार चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, ब्लाङ्केट र म्याट गरी एक ट्रक सामान जाजरकोट पठाइएको छ । उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले एकद्वार प्रणालीमार्फत राहत सामग्री हस्तान्तरण गर्ने निर्णय अनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत जाजरकोट पुग्ने गरी राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । राहत सामग्री हस्तान्तरण गर्दै प्रमुख पाण्डेयले उपमहानगरपालिकाले २५ लाख रुपियाँ, जनप्रतिनिधिले थप पाँच लाख रुपियाँ र कर्मचारीको तर्फबाट समेत सहयोग गर्ने निर्णय भएको बताउनुभयो ।
चितवनमा ११५ वटा हात्तीका लागि एकहप्ते स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सोमबारदेखि सौराहाको खोरसोरमा सञ्चालित शिविरमा ६० वटा सरकारी हात्तीको उपचार सुरु गरिएको छ । त्यसपछि निजी क्षेत्रका अन्य हात्तीको उपचार हुने चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो ।
एक वर्षमै लोक सेवाका १० वटा परीक्षा उत्तीर्ण गर्न सफल गुल्मीका रमेश भण्डारीले असल राष्ट्रसेवक बन्ने चाहना राख्नुभएको छ । गुल्मी जिल्लाको धुर्कोट–५, वस्तुका २५ वर्षीय भण्डारी हालै सङ्घीय शाखा अधिकृत (लेखा समूह) सिफारिस हुनुभएको छ । भण्डारीले माथिल्लो स्तरमा पुग्नका लागि प्रयास जारी राख्दै गर्दा सचिव र मुख्य सचिवसम्म पुगेर असल राष्ट्रसेवक बन्ने सपना रहेको बताउनुभयो । लोक सेवाको तयारी गरेको छोटो समयमै मेहनतले सफलता हात परेको खुसी उहाँले सुनाउनुभयो ।
पूर्वमा बबई र पश्चिममा भेरी नदीको किनारसम्म फैलिएको भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल हुनुहुन्छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट निर्वाचित प्रमुख ढकालसँग गोरखापत्र दैनिकका छिन्चु समाचारदाता नवीन सुवेदीले गर्नुभएको कुराकानी :
बझाङका युवा समाजसेवी विष्णु ऐडीले व्यक्तिगत लगानीमा भूकम्प प्रभावितका लागि अस्थायी घरटहरा निर्माण कार्यलाई अभियानकै रूपमा सञ्चालन गर्नुभएको छ । असोज १६ गते चैनपुर आसपास केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण सयौँ परिवार त्रिपाल टाँगेर बारीमा बस्दै आएका छन् । घरहरू चर्किएर चिरा परेको र केहीको घर पूर्ण रूपमा भत्किएकाले बारीमा पाल टाँगेर बसेकाका लागि जस्तापातासहितको पक्की टहरा निर्माण गर्न थालेको समाजसेवी ऐडीले बताउनुभयो । भूकम्पको बारम्बारको धक्काले जनजीवन अस्तव्यस्त बनिरहेका बेला आफू सामान्य सहयोगमा जुटेको उहाँले बताउनुभयो । मष्टा गाउँपालिका–२, डुग्रीकी एकल महिला बेलमती विष्ट त्रिपालमुनि बस्दै आएको हप्तौँ बित्यो तर समाजसेवी ऐडीको समूहले पक्की टहरा बनाइदिएपछि भने घरमै बास बसे जस्तो अनुभूति भएको भनाइ उहाँको छ ।
जिल्ला सदरमुकाम बागबजार क्षेत्रमा सडक क्षेत्राधिकारभित्रका संरचना हटाउन डोजर चलाइएको छ । घरधनी तथा व्यापारीले आफैँ भत्काउन अटेर गरेपछि अमरगढी नगरपालिका र सडक डिभिजन कार्यालय डोटीले डोजर चलाएको हो । सडक क्षेत्राधिकारभित्र रहेका घर, टहरा, सिँढी सबै भत्काउन थालेको छ । अमरगढी नगरपालिकाले बसपार्कमा रहेका तीन सटर भएको आफ्नै भवन भत्काएर सर्वसाधारणका संरचना भत्काउन थालेको हो । सडकको बिचभागदेखि १५–१५ मिटर दायाँबायाँभित्र बनेका टहरा हटाउन बाँकी घर र सिँढी डोजर लगाई हटाउन सुरु गरेको वडा नं. ५ का अध्यक्ष टङ्कबहादुर क्षेत्रीले बताउनुभयो ।
चिनियाँ कथाका ‘खजाना खोज्ने मानिस’ भूगर्भविद् ली सिकुआङको नाममा खगोलशास्त्रीहरूले एक क्षुद्रग्रहको नामकरण गरेका छन् । साम्राज्यवादी आक्रमण र प्रतिरोध युद्धका बेला बेलायतको नामी विश्वविद्यालयमा भूगर्भ विज्ञान पढेर उत्कृष्ट हैसियत, जागिरको अवसर पाएका लीलाई जनवादी क्रान्ति सम्पन्न गरेको कम्युनिस्ट पार्टीले मुलुकमा बोलाएर खनिज स्रोत खोज्ने जिम्मेवारी दियो । तिनले पढाए, सरकारी निकायको नेतृत्व गरेर सँगसँगै भौगर्भिक अध्यापन, अध्ययन गरिरहे । सन् १९६६ मा हेपेई प्रान्तमा ठुलो भूकम्प आएपछि अब बेइजिङमा भूकम्प आउने हल्लाबा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
केही दिनअघि जाजरकोट र रुकुमका नागरिकको मस्त निद्रामाथि अचानक हमला भयो । यो हमला कुनै शत्रु पक्षले गरेको थिएन । हरेक प्राणीको जीवन रक्षा गर्ने प्रकृति आफैँले त्यहाँका नागरिकमाथि धावा बोलेको थियो । कतिपय प्राकृतिक प्रकोप मानिस आफ्ना कर्मले निम्त्याउँछ तर यस पटक यहाँ नागरिकको कुनै दोष थिएन । भूकम्पलाई नागरिकले प्रतिरोध वा प्रतिरक्षा गर्ने तागत आजसम्मको विज्ञानले पत्ता लगाउन सकेको छैन । त्यसकारण आफ्नो गल्तीबिनाको सजाय यस पटक यस भेकका नागरिकले बेहोरे । सानातिना भूकम्पलाई पचाएको अनुभूति गर्न थालेका नेपाली नागरिकलाई २०७२ सालको सम्झना दिलाउने गरी यस पटकको आक्रमण रुकुम र जाजरकोटमा भयो । यो घटनासँगै फेरि एक पटक भूगर्भविद्हरूका अनुमान छरपस्ट हुन सुरु भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै हुनुहुन्छ ।