राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूति हुनेगरी भूकम्प प्रभावितहरुलाई आवश्यक अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न जनप्रतिनिधहरुलाई आग्रह गर्नुभएको छ ।
जाजरकोटका भूकम्पपीडितलाई गृह मन्त्रालयको नेतृत्वमा विभिन्न संघसंस्थामार्फत् राहत वितरण गरिएको छ । हालसम्म राहत कार्यमा गृह मन्त्रालयको नेतृत्वमा विभिन्न सङ्घसंस्थाबाट जाजरकोटका भूकम्पपीडितलाई वितरण गरिएको हो ।
विश्वकप छनोट समूह चरणको दोस्रो खेल नेपालले यमनसँग खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पत्रकार सम्मेलनमा बताएअनुसार आगामी मङ्सिर ५ गते बेलुकी ७ बजे काठमाडौँको दशरथ रङ्गशालामा खेल हुनेछ। यसअघि नेपालले युएईसँग घरेलु मैदान युएईमा समूह चरणको पहिलो खेल कात्तिक ३० गते खेल्नेछ।
राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ तेस्रो चरण अन्तर्गत मूल नहर सफाइको काम तीव्र गतिमा भइरहेको छ । टनकपुर बाँधबाट पानी छोड्न मूल नहरको साढे बाह्र किलोमिटर लम्बाइमा सफाइको काम भइरहेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नुभएको छ । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनुभएको छ ।
जाजरकोटको सदरमुकामस्थित भेरी नगरपालिकाको कार्यालय परिसरभित्र र बाहिर भुकम्प प्रभावितको सहयोगका लागि प्राप्त भएको राहत सामग्रीको थुप्रो छ । तर कार्यालयनजिकै भुकम्पबाट अति प्रभावित थाप्लेका भुकम्प प्रभावितले अहिलेसम्म पनि राहत सामग्री नपाएको गुनासो गरेका छन् ।
जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकामध्ये नेपालगन्जस्थित भेरी अस्पतालमा अहिले ४६ जनाको उपचार भइरहेको छ ।
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध आगामी मनसुन अगावै सम्पन्न गर्ने गरी निर्माण प्रारम्भ गरिएको छ ।
पाल्पामा एक जना युवाको डुबेर मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको तिनाउ गाउँपालिका–३, स्थित भूतखोलामा डुबेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ का २२ वर्षीय विमल आचार्यको मृत्यु भएको हो ।
तिहार नजिकिँदै गर्दा चेकजाँच र अवैध क्रियाकलाप नियन्त्रणमा सक्रियता देखाएको चितवन प्रहरीले रत्ननगर १५ माधवपुर र भरतपुर २८ बाट जुवा खेलिरहेको अवस्थामा एक लाख ३० हजार रुपियाँ नगदसहित २४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
दोदा जलाधार क्षेत्रका सबै १० स्थानीय सरकारहरूबिच विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, दिगो विकास तथा उत्थानशीलताका अन्तरसम्बन्धित सवाललाई अन्तरस्थानीय तहस्तरीय संयन्त्रमार्फत सम्बोधन गर्न दोदा जलाधार क्षेत्र बहुसरोकार मञ्च गठन गरिएको छ ।
गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्प नेपालको २०७२ सालपछिको ठूलो भूकम्प हो ।
सुरक्षाविद् चिरनजङ्ग थापाले नेपाल विश्वकै एक ठूलो सुरक्षा प्रदायक देश रहेको बताउनुभएको छ । उहाँले विश्वका ठूला आणविक हतियार सम्पन्नसहित अधिकांश मुलुकका लागि नै नेपाल एक ठूलो सुरक्षा प्रदायक देशका रुपमा भूमिका निर्वाह गरिरहेको बताउनुभएको हो ।
आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुमपश्चिमलगायतका जिल्लाका भूकम्प प्रभावितका लागि घोषणा रु एक करोड ५० लाख बराबरको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गर्नु भएको छ ।
कैलाली जिल्ला अदालतबाट मुद्दाको मिसिल, कटुवा पेस्तोल र त्यसमा लाग्ने चार थान गोलीसहित पाँच वटा मोबाइल चोरी भएको छ ।