• २७ वैशाख २०८२, शनिबार

जुवाखालमा छापा : २४ जना नियन्त्रणमा

blog

शान्ता अधिकारी

चितवन, कात्तिक २१ गते । तिहार नजिकिँदै गर्दा चेकजाँच र अवैध क्रियाकलाप नियन्त्रणमा सक्रियता देखाएको चितवन प्रहरीले रत्ननगर १५ माधवपुर र भरतपुर २८ बाट जुवा खेलिरहेको अवस्थामा एक लाख ३० हजार रुपियाँ नगदसहित २४ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनमा प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिलकुमार खड्का नेतृत्वको प्रहरी टोलीले सोमबार राति १०ः४५ बजे रत्ननगर १५ माधपुरस्थित सुदिप गुरुङले बनाएको खोरमा कौडा खेलिरहेको अवस्थामा १३ जनालाई नियन्त्रणमा लिएको हो । 

उनीहरूको साथबाट प्रहरीले ८० हजार पाँचसय रुपियाँ नगद र दुई सेट कौडा बरामद गरेको जनाएको छ । यसअघि शनिबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलले भरतपुर –२८ गोलाघाट अन्द्रौलीस्थितमा जङ्गबहादुर कुमालले सञ्चालन गरेको गोलाघाट वाइल्डलाईफ रिसोर्टमा हारजित हुनेगरी पैसाको बाजी थापी जुवा (कौडा) खेलिरहेको अवस्थामा जुवाको लागि प्रयोग गरिएका सामग्री र ५० हजार ७३५ रुपियाँ नगदसहित ११ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार पिठुवामा जुवा खालबाट भरतपुर ११ का राजन बराली, पाल्साङ्ग गोले, रत्ननगर ५ का धवराज न्यौपाने, गोपी नेपाल र सुदिप पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै, प्रहरीले नियन्त्रणमा लिएकाहरूमा कालिका –६ का ढोलप्रसाद रेग्मी, कालिका –८ का सञ्जीव लामा, रत्ननगर १५ का डम्बर  मगर, सुरेश न्यौपाने, भरतबहादुर अधिकारी र संदिप अधिकारी, कालिका –८ का पूर्णबहादुर मगर, रत्ननगर २ का तेजबहादुर क्षेत्री रहेका छन् ।

प्रहरी प्रवक्ता पण्डितका अनुसार गत शनिबार भरतपुर २८ गोलाघाटबाट नियन्त्रणमा लिएकामा नवलपरासी पूर्वगैडाकोट नगरपालिका –१ का राजु गुरुङ, भरतपुर १६ बस्ने बुद्धिबहादुर गुरुङ, सोमबहादुर गुरुङ, महेन्द्र धमला, विवेक गुरुङ, किसन गुरुङ, विक्रम थापा मगर, मनोज भण्डारी रहेका छन् । त्यस्तै प्रहरी नियन्त्रणमा रहेका अन्यमा भरतपुर २८ का ज्ञानप्रसाद सुवेदी, गङ्गाबहादुर परियार र मुक्ति पौडेल रहेका छन् ।