जिल्ला अस्पताल हुम्लाले आफै उपचार गर्न नसक्ने लक्षित वर्गका बिरामीको निःशुल्कदेखि छुुटमा उपचार सुरु गरेको छ । अस्पतालमा स्थापना भएको सामाजिक सुरक्षा इकाईले गाउँपालिकाले बर्गीकरण गरेका लक्षित वर्गका सेवाग्राहीको उपचारमा निःशुल्क सेवा प्रदान गरेको हो ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले बार र बेञ्च मिलेर न्यायपालिकाको शुद्धीकरण र सुधार गर्नुपर्ने बताउनुभएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले मुक्त कमैया, भूमिहिन, सुकुम्वासीका समस्यालाई आफ्नै समस्या ठानी समाधान गर्ने बताउनुभएको छ । मन्त्री नियुक्त भएपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र टीकापुर आउनुभएकी मन्त्री श्रेष्ठले सो कुरा बताउनुभएको हो ।
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) ले एपीएफ क्लबमाथि कठिन जित निकालेको छ ।
रुपेश जैसवाल र सुजना लोहनीले नेशनल बुद्धिचाल च्याम्पियनसिपमा अग्रता कायम राख्नुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले श्रोतको सुनिश्चितता गरेर मात्र आयोजना छनोट गर्न आग्रह गर्नुभएको छ।
धनकुटाको साँगुरीगढी गाउँपालिका १ को मनमाया दर्जीले ६९ बर्षको उमेरमा नागरिकता लिनुभएको छ । शारीरिक रुपमा अपाङ्गता भएका दर्जी कार्यालयमा आएर नागरिकता लिन नसक्ने भएकाले जिल्ला प्रशासन कार्यालय धनकुटाले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।
युवा लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘बम्मै जानी रेलैमा’ सार्वजनिक भएको छ । बिहीबार बेलुका यसको अफिसियल भिडियो युट्युबमा सार्वजनिक गरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाको शरीरमा उहाँका श्रीमान राजिव झासहित परिवारका अन्य सदस्य मिलेर आगो लगाएर हत्या गर्ने प्रयास भएको घटना बाहिरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण गर्नेगरी वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्नेगरी कुनै कानुन नबनाउने बताउनुभएको छ ।
बाँके जिल्लामा पौडी खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ दोस्रो अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी निर्माण गरिएको छ ।
सर्वोच्च अदालतले सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहोर तीन दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।
बाँकेको खजुरामा रक्त सञ्चार सेवा केन्द्र स्थापना गरिनेभएको छ । सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा दिइरहेको खजुरामा विरामीको सहज उपचारका लागि रक्त सञ्चार सेवा केन्द्र अत्यावश्यक महसुश भएपछि सेवा सञ्चालनको तयारी गरिएको छ ।
सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई लक्षित गरी ‘वृहत खोज र खोप अभियान’ सुरु गर्ने भएको छ ।
टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट करोडौँको सुन चोरी भएको छ । सुन र बहुमूल्य वस्तु राखिएको कार्गो कन्टेनरबाट सुन र अन्य सामग्री चोरिएको अधिकारीहरूले बताएका छन् ।