• १२ मंसिर २०८१, बुधबार

नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख १५ र ३१ गते लगाइने

blog

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ।

काठमाडौं, वैशाख ८ गते । सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई लक्षित गरी ‘वृहत खोज र खोप अभियान’ सुरु गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिका लागि लक्षित गरि ‘वृहत खोज र खोप अभियान’ सुरु गर्न लागेको जानकारी दिएको छ ।

अभियान वैशाख १५ र ३१ गते दुई दिन देशभरका सरकारी स्वास्थ्य संस्थाबाट सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

समयमा छुटेका आफ्ना बालबालिकालाई सोही समयमा नजिकको स्वास्थ्य संस्थामा गई खोप लगाउन मन्त्रालयले अनुरोध छ ।

घर छिमेकमा कसैले खोप लगाउन छुटेको भए बुझेर खोप लगाउन समन्यन गरिदिनुहुन पनि मन्त्रालयको अनुरोध छ ।

खोप सुरक्षित भएकाले ढुक्काले आफ्ना बच्चालाई खोप लगाउन मन्त्रालयको आग्रह छ ।