साहित्यकार रमेश विकलको ९५ औँ जन्मजयन्तीका अवसरमा कलाकारिता क्षेत्रमा उहाँले गर्नुभएको योगदानका बारेमा चर्चा गरिएको छ ।
न्युजिल्यान्ड भने रनरेटको आधारमा सेमिफाइनल प्रवेश गरेको हो। यो खेल बुधबार दिउँसो २ः१५ बजे भारतको वनखडे स्टेडियममा सुरु हुँदैछ।
नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन भोलि भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउने गर्छन् ।
१९ दिनअघि झापाको बाह्रदशीमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका ट्रयाक्टर चालकको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ ।
शृङ्खलाको पहिलो खेलमा नेपालले भाइटीकाको दिन ताञ्जेनियासँग खेल्न लागेको हो।
चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार अमेरिका भ्रमणका लागि अमेरिका प्रस्थान गर्नुभएको छ।
मधेश प्रदेशको राजधानी जनकपुरधामका अटोरिक्सा चालक मौसमी लेहरी पर्यटन प्रवर्धनका लागि अटोरिक्सा चलाउदै हुनुहुन्छ । रिक्साको दुवैतिर ‘राम र सिताको विवाहदेखि विदाइसम्मको ११ मन्दिर दर्शन यात्रा’ र अगाडि ‘जनकपुर मिथिलाधाममा तपाईको हार्दिक स्वागत छ’ अंग्रजी र नेपाली दुवै भाषमा लेखिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय लगत्तै टिकटक हटाउन दिएको निर्देशन पालना नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ।
पोखराको फेवातालमा साइकल बोर्डमा सयर गर्दै विदेशी पर्यटक ।
पाल्पाको रामपुर नगरपालिका –५ स्थित राङभाङका व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले उत्पादन गरेको झिनियाँ । तिहार पर्व अर्थात् भाइटीकाका लागि यहाँ उद्योगबाटै धमाधम झिनियाँ बिक्री भइरहेको छ ।
नेपाली मौलिक संवत् नेपाल संवत ११४४ को अवसरमा नेपालगन्जमा शुभकामना आदानप्रदानसहित मोटरसाइकल र्याली निकालिएको छ ।
हरेक वर्ष तिहारको समयमा फूलको माग बढ्दै गएपछि बाँके जिल्लाका युवाले तिहार लक्षित व्यवसायीक फूल खेती गरेका छन्।
विजलपुरा–जनकपुरधाम–जयनगरसम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा अगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरिएको छ ।
बागलुङ नगरपालिका–१ रामरेखामा चर्दै गरेका मुस्ताङी च्याङ्ग्रा । दसैँमा बिक्रीका लागि मुस्ताङबाट ल्याइएका च्याङ्ग्रा तिहारसम्म बिक्री नभएको च्याङ्ग्रा व्यापारीको गुनासो छ ।
नेपाल संवत ११४४ का अवसरमा बेनीमा प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । नेपाल भाषा मंकाःखलः म्याग्दीको आयोजनामा बेनी बजारमा मंगलबार प्रभातफेरी गरिएको हो ।