ताप्लेजुङमा तिहार (बलिहाङ तङ्नाम) को अवसरमा च्याब्रुङ नाच नाचेर देउसीभैलो खेलिएको छ । यहाँका लिम्बू समुदायले मौलिक संस्कृति संरक्षणको उद्देश्यसमेत राखेर देउँसी भैलोमा च्याब्रुङ नाच (केःलाङ) प्रदर्शन गरेका हुन् ।
नेपालगञ्जको बोरा गोदाममा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोझीस्थित एसके टे«डिङ्गको बोरा गोदाममा गएराति आगलागी भएको हो ।
गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोषबहादुर थापा मगरको मोटरसाइकल दुर्घटनमा परेर मृत्यु भएको छ ।
यसवर्ष टीकापुरका फूल व्यवसायीहरु घाटामा गएका छन् । तिहारको अन्तिम दिन भाइटीकामा पनि फूल नबिकेपछि व्यवसाय घाटामा गएको भन्दै किसानहरु चिन्तामा परेका हुन् ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एस) का नेता झलनाथ खनालले दिदी यशोदा र बहिनी कुसुम खनालको हातबाट भाइटीका ग्रहण गर्नुभएको छ । नेता खनाल आज भक्तपुर पुगेर भाई दाताराम खनालसहित दिदी र बहिनीबाट टीका ग्रहण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीद्वय शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउनु भएको छ ।
सबैका घरमा तिहारको समझम भए पनि यहाँ तीन जना तिहारको पर्वाह समेत नगरी बिहानैदेखि रातिसम्म ईटा बनाउनमै तल्लीन हुनुहुन्छ ।
जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावितलाई स्याङ्जाका चार पालिकाले १६ लाख २२ हजार ६९५ रुपियाँ सहयाग गरेका छन् ।
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ ।
महोत्तरीमा प्रहरीको गोलीबाट दुईजना गम्भीर घाइते भएका छन् । गए राति प्रहरीले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको थियो ।
रानीपोखरीको बीचमा रहेको वर्षको एकदिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिर भाइटीकाका दिन खुलेसँगै तिहारको भाइटीका लगाउन शुरु भएको छ ।
आज यमपञ्चकको अन्तिम दिन अर्थात भाइटीका । भाइटीका लगाउँदा कता फर्केर टीका लगाइमाग्ने ?, दिदीबहिनी कुन दिशातर्फ फर्केर टीका लगाइदिने भन्ने सबैको चासोको विषय हुन्छ ।
निर्वाचनपश्चात नयाँ संसद् गठन भएको झण्डै एक वर्ष पुग्न लागेको छ । गत पुस २५ गते प्रारम्भ भएको संसद्को दुई अधिवेशन सम्पन्न भइसकेका छन् ।
हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलामा नेपालले ताञ्जेनियासँग खेल्दैछ। शृङ्खलाको पहिलो खेल भाइटीकाको दिन ताञ्जेनियासँग खेल्न लागेको हो।