• ७ जेठ २०८१, सोमबार

भूकम्पबाट प्रभावितलाई सोह्र लाख सहयोग

blog

अर्जुन काफ्ले 

स्याङ्जा, कात्तिक २९ गते । जाजरकोट र पश्चिम रुकुममा भूकम्पबाट प्रभावितलाई स्याङ्जाका चार पालिकाले १६ लाख २२ हजार ६९५ रुपियाँ सहयाग गरेका छन् । 

भूकम्पबाट जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गर्दै यहाँका पुतलीबजार, गल्याङ, भीरकोट नगरपालिका र फेदीखोला गाउँपालिकाले सहयोग गरेका हुन् । 

गल्याङ नगरपालिकाले चार लाख, तीन लाख ४५ हजार ३४०, भीरकोट नगरपालिकाले तीन लाख र फेदीखोला गाउँपालिकाले पाँच लाख ७७ हजार ३५५ रुपियाँ गरेका छन् । 

पुतलीबजार नगरपालिकाले कर्मचारीहरुले एक दिन बराबरको तलब र जनप्रतिनिधिहरुको पाचँ दिन बराबरको सेवा सुविधा कोषमा जम्मा गरेको हो । 

यस्तै गल्याङ नगरपालिकाले एक दिनको सेवा सुविधा र कर्मचारीको एक दिनको तलब गरी दुई लाख र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट दुई लाख सहयोग गरेको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो । 

यस्तै भीरकोट नगर कार्यपालिकाले विपद् व्यवस्थापन कोषबाट आर्थिक सहयोगका साथै र २० थान फाइबर सिरकहरु समेत पठाएको हो । 

यस्तै फेदीखोला गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रको सहयोगार्थ जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारीको तलबबाट  पाँच लाख ७७ हजार ३५५ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।

गाउँपालिकाका जनप्रतिनिधिको मासिक सेवा सुविधाबाट ५० प्रतिशत हुन आउने दुई लाख ४१ हजार ७५०, गाउँपालिकाका स्थायी, करार, ज्यालादारी कर्मचारीको एक दिनको तलबबाट एक लाख पाँच हजार ३३२ र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, बाल शिक्षक, विद्यालय कर्मचारी, आईटी शिक्षकको एक दिनको तलब दुई लाख ३० हजार २७३ रुपियाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको सुवेदीले बताउनुभयो ।