• ६ माघ २०८१, आइतबार

प्रहरीको गोलीबाट दुईजना गम्भीर घाइते

blog

 महेशकुमार दास 

महोत्तरी, कात्तिक २९ गते । कुख्यात डाकाहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याउने क्रममा प्रहरी नियन्त्रणबाट भाग्न खोज्दा प्रहरीसँग भएको दोहरो भिडन्तमा दुई डकैत गोली लागि घाइते भएका छन । 

दोहरो भिडन्तमा दुई डकैतसहित दुईजना प्रहरी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता समेत रहनु भएका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले बताउनु भयो । 

प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी सहायक निरीक्षक रामेश्वर प्रसाद यादबकोे कमाण्डमा खटिएको टोलीले जिल्ला रौटहट गरुडा नगरपालिका वडा नं ४ पानी ट्याङकी नजिकबाट सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं २ बस्ने ३२ वर्षिय शक्ती कपुर पासवान र ३३ वर्षिय अजय पासवानलाई पक्राउ गरेको थियो । 

पक्राउ परेका पासवानद्वयको साथबाट कटुवा पेस्तोल एक थान र सो मा लाग्ने गोली थान ४ ( राउण्ड) सामसुङग मोवाईल , चार हजार २८० रुपैंया नगद, शिबम सिमेन्ट लेखेको सिक्क एक थान र चाँदीको ब्रासलेट एक जना समेत नियन्त्रणमा लिई महोत्तरीतर्फ आउदै गर्दा सर्लाहीको संग्रामपुरमा आएर प्रहरीको गाडी अचानक बिग्रिएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिनु भयो ।  

गाडी विग्रिएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट अर्को सबारी मगाई महोत्तरीको सिमाना सोनमा गाउँ पालिका वडा नं ५ सम्म मंगलबार राति १० वजेको समयमा महोत्तरीबाट आएको अर्को गाडीमा नियन्त्रणमा लिएको व्यक्तिलाई सुरक्षाकर्मीले हाल्न खोज्दा अचानक गाडीबाट हामफाली भाग्ने खोजेको पछि दोहरो भिडन्त भएको थियो । 

प्रहरी नायव उपरीक्षक गिरीको कमाण्डमा खटिएको टोलीले चाइनिज पेस्तोलबाट गोली फायर गर्दा भाग्दै गर्दाको व्यक्ति शक्ति कपुर पासवान र अजय पासवानकोे बाया खुट्टाको तिघ्रामा गोली लागि घाइते भएको र  निजहरुको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइ रहेको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको  अवस्था गम्भिर रहेको छ । दोहरो भिडन्तमा परी सहायक प्रहरी हब्लदार संजय जयसवाल र प्रहरी जवान श्याम गिरि समेत घाईते भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका डकैतद्वयकै समूहले यहि कात्तिक २० गते राति जलेश्वर नगरपालिका वडा नं –८ सानो रतवारा बस्ने भुबनेश्वर चौधरीको घरको मुलढोका लगायतको घरको ढोकाहरुको ताल्चा फुटाइ डकैतीको घटनालाई अंजाम दिएका थिएका थिए । 

डकैतहरुले भुनेश्वर चौधरी, जय किसोर चौधरी, सिमा चौधरी र शैल देबी चौधरीलाई भान्सा कोठामा लगी बन्द गरिदिएको र भुनेश्वर चौधरीको टाउको समेत फुटाई रगताम्य पारी घाइते बनाएको थियो भने शैल देबीलाई काठको चिरपटले प्रहार गरी दाहिने हातमा घाइते बनाई घरबाट ४० तोला सुुनको गर गहना, चाँदीको ४५ तोलाको गर गहना, मोबाइल आइ फोन थान १, नगद १ लाख ७५ हजार रकम डाका गरी लगेको प्रहरीले जनाएको छ ।

उक्त घटना लगात दर्जनभन्दा बढी चोरी डकैतीको घटनामा पक्राउ परेका पासवानद्वयको संलग्नता रहेको प्रहरीले जनाएको छ । दुवैजना माथि मुलुकी अपराध सहिता २०७४ को परिच्छेद २को दफा २४४ बमोजिम सजाय हुने जनाइएको छ ।