एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत पहिलो सेमिफाइनल आज हुँदैछ।
सभामुख देवराज घिमिरेले उज्यालो र रङहरूको पर्व तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना गर्नुभएको छ ।
यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।
भाइटीकाको दिन बुधबार दिउँसो देशका अधिकांश स्थानको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।
मंगलबार राति ९ बजेर १५ मिनेटमा जाजरकोटको पैङ्क केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
जनकपुरधामको जानकी मन्दिरमा मङ्गलबार अन्नकुट पर्वका अवसरमा भगवानलाई अर्पण गर्नका लागि खाद्यान्नका ५६ परिकारहरू तयार पारेर भोग लगाइँदै ।
अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार तोर्खाम र स्पिन बोल्दाक नाका हुँदै ५ हजार ६ सय ४० शरणार्थी स्वदेश फर्किएका हुन्।
पाल्पा रामपुर नगरपालिका-४ स्थित देविस्थानमा गरिएको सयपत्री फूल खेती । यहाँ तिहारलाई लक्षित गरेर व्यावसायिक रुपमा सयपत्री फूलको खेती गरिएको हो ।
साहित्यकार रमेश विकलको ९५ औँ जन्मजयन्तीका अवसरमा कलाकारिता क्षेत्रमा उहाँले गर्नुभएको योगदानका बारेमा चर्चा गरिएको छ ।
न्युजिल्यान्ड भने रनरेटको आधारमा सेमिफाइनल प्रवेश गरेको हो। यो खेल बुधबार दिउँसो २ः१५ बजे भारतको वनखडे स्टेडियममा सुरु हुँदैछ।
नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन भोलि भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउने गर्छन् ।
१९ दिनअघि झापाको बाह्रदशीमा ट्रयाक्टर दुर्घटनामा घाइते भएका ट्रयाक्टर चालकको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ ।
शृङ्खलाको पहिलो खेलमा नेपालले भाइटीकाको दिन ताञ्जेनियासँग खेल्न लागेको हो।
चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार अमेरिका भ्रमणका लागि अमेरिका प्रस्थान गर्नुभएको छ।
मधेश प्रदेशको राजधानी जनकपुरधामका अटोरिक्सा चालक मौसमी लेहरी पर्यटन प्रवर्धनका लागि अटोरिक्सा चलाउदै हुनुहुन्छ । रिक्साको दुवैतिर ‘राम र सिताको विवाहदेखि विदाइसम्मको ११ मन्दिर दर्शन यात्रा’ र अगाडि ‘जनकपुर मिथिलाधाममा तपाईको हार्दिक स्वागत छ’ अंग्रजी र नेपाली दुवै भाषमा लेखिएको छ ।