• ११ पुस २०८१, बिहिबार

सभामुख घिमिरेद्वारा तिहारको शुभकामना

blog

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे । फाइल तस्बिर

काठमाडौं, कात्तिक २९ गते । सभामुख देवराज घिमिरेले उज्यालो र रङहरूको पर्व तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना गर्नुभएको छ । 

सभामुखले बुधबार एक सन्देश जारी गरी आपसमा रमाउँदै देउसी-भैलो खेल्दै उल्लासमय वातावरणमा मनाइने तिहारले आम नेपाली दिदीबहिनी तथा दाजुभाइबिच आपसी भाइचारा सम्बन्ध विस्तार गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबिच सुदृढ एकताको विशेषतायुक्त देश हो, संस्कार र संस्कृतिमा फरक भएकैले नेपाली आज विश्वसामु फरकरूपमा प्रस्तुत भइरहेका छौँ, संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन्, विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, चाडपर्व, वेशभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन्”, सभामुखले सन्देशमा भन्नुभएको छ ।