• १९ असार २०८१, बुधबार

पाकिस्तानबाट पाँच हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए

blog

फाइल तस्बिर

काबुल, कात्तिक २८ गते। सोमबार पाँच हजार ५०० भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन्। 

अफगानिस्तानको शरणार्थी र स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार तोर्खाम र स्पिन बोल्दाक नाका हुँदै ५ हजार ६ सय ४० शरणार्थी स्वदेश फर्किएका हुन्।

त्यस्तै, सोमबार ३ हजारभन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएको  पनि मन्त्रालयले जनाएको छ। तथ्याङ्कअनुसार २५ लाख अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् भने उस्तै संख्या इरानमा रहेको  बताइएको छ।

विगत दुई महिनामा ४ लाख भन्दा बढी अफगान शरणार्थीहरू मातृभूमि फर्किएका छन्। अफगानिस्तानको कामचलाउ प्रशासनले हिउँद याममा फर्किएकाहरूलाई अस्थायी आश्रय सहित आवश्यक सुविधा उपलब्ध गराउने जनाएको छ।(रासस/सिन्ह्वा)