• ११ असोज २०८१, शुक्रबार

अवैध विस्फोटक पदार्थ बरामद गरी नष्ट

blog

प्रहरीले विभिन्न क्षेत्रबाट बरामद गरेको विस्फोटक पदार्थहरु नष्ट गरिँदै । तस्विरः नारद कोहार

नारद कोहार

कपिलबस्तु, कात्तिक २८ गते । सीमा क्षेत्रबाट अवैध रुपमा नेपाल भित्र्याइएको प्रतिबन्धित विस्फोटक पदार्थहरु प्रहरीले बरामद गरी नष्ट गरेको छ । 

कपिलवस्तु प्रहरीले सीमाक्षेत्रमा रहेका पकडी, चाकरचौडा, कृष्णनगर मर्यादपुरलगायतको नाकामा एक हप्ताभित्र सवा नौ लाखभन्दा बढी पटका बरामद गरिएको हो । पटका भित्रिन नदिन प्रहरीले सीमाक्षेत्रमा कडाइ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र मातहतका प्रहरी एकाइहरुले विगत एक सातादेखि विभिन्न ठाउँमा चेकजाँच गर्ने क्रममा बरामद गरिएको पटका नष्ट गरिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो । विभिन्न अप्रेशन, विभिन्न नाकामा चेकजाँचबाट सो पटका बरामद गरिएको उहाँले बताउनुभयो ।

प्रहरीले बरामद गरेका विस्फोटक पदार्थहरु आतिसबाजी, रकेट बम, सुतरी बम, पटकालगायतका सामग्री स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, पत्रकारको रोहबरमा जिल्ला प्रहरी कार्यालय तौलिहवामा नष्ट गरिएको छ ।