आदिवासी जनजातिजन्य संघ संस्थाले २८ औं विश्व आदिवासी दिवस एक हप्तासम्म मनाउने भएका छन् । विगतका वर्षमाजस्तै यस वर्ष पनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् ।
नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा र प्रदेशसभको निर्वाचनमा जुट्न पार्टी कार्यकर्तालाई आह्वान गर्नुभएको छ।
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा हालको गठबन्धन कायमै रहने बताउनुभएको छ ।
सहायक प्रवक्ता अर्यालले दल दर्ताको अन्तिम नामावली सार्वजनिक भएपछि समानुपातिकको मतपत्र छपाइ सुरु हुने जानकारी दिनुभयो । उहाँले समानुपातिकको मतपत्र आठ प्रकारको हुने भएकाले पहिलो चरणमा छपाइ हुने बताउनुभयो ।
हाम्रो खेलकुदले बिहीबार ललितपुरको पाटनमा एक कार्यक्रमकाबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का, एथलेटिक्स धावक जितबहादुर केसी, बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दो खेलाडी संगिना वैद्य, तेक्वान्दोकै दीपक विष्ट र पौडीकी गौरिका सिंहलाई सर्वकालीन सम्मानबाट सम्मान गरेको हो ।
नेपाली क्रिकेटसँग जोडिन पाएकोका भारतीय लगानी कर्ताहरुले खुशी ब्यक्त गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा असोज ८ देखि कात्तिक ५ गतेसम्म हुन लागेको नेपाल टी–२० फ्रेन्चाइज लिगका दुई फ्रेन्चाइज टिम विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सका मालिकले विहिबार लोगो सार्वजनिक गर्दै खुशी ब्यक्त गर्नुभएको हो ।
गोरखापत्र अनलाइनकाठमाडौं, साउन १९ गते। सूर्यबाट निस्केर बुधबार साँझ पृथ्वीमा आएको सौर्य आँधीको असर देखिएको छैन। यो आँधी जी १ टाइपको भएकाले यसको असर पृथ्वीमा खासै नपरेको वैज्ञानिकले बताएका छन्। विगतमा पनि यस्ता सौर्य आँधी पृथ्वीमा आउनेक्रम चलिरहेको र कम क्षमताको आउँदा खासै असर नपरेको उनीहरुको भनाइ छ। कम क्षमताका सौर्य आँधीलाई वैज्ञानिकले जी १ टाइपमा राख्ने गरेका छन्।बीपी कोइराला मेमोरियल प्लानेटरीयम तथा अब्जरभेटरी साइन्सका निमित्त कार्यकारी निर्देशक तथा खगोलविद् डाक्टर सनतकुमार शर्माका अनुसार यो सोर्य आँधी जी १ टाइपको र पृथ्वीमा रहेको भू-चुम्बकत्वका कारण असर नपरेको बताउनुभयो। यसले स्याटलाइट र पावर ग्रिडमा सामान्य असर गर्न सक्ने वैज्ञानिकहरुले बताए पनि असर नपरेको उहाँको भनाइ छ।
काठमाडौं, साउन १९ गते । 'कोई मिल गया', 'सत्ता' जस्ता थुप्रै हिट चलचित्रमा अभिनय गर्नुभएका बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । मुम्बईस्थित कोकिलाबेन अस्पतालमा अभिनेता मिथिलेश निधन भएको हो ।उहाँ मुटुसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्याे । भारतीय सञ्चार माध्यमका अनुसार मिथिलेश चतुर्वेदीलाई केही दिन अघि हृदयघात भएको थियो, त्यसपछि उहाँ आफ्नो गृहनगर लखनउ सर्नुभएको थियो ।मिथिलेश चतुर्वेदीले सन् १९९७ मा भाइ भाइबाट बलिउडमा डेब्यु गर्नुभएको थियो । त्यसपछि उहाँले 'सत्ता', 'ताल', 'फिजा', 'रोड', 'कोई मिल गया', 'गान्धी माई फादर' र 'बंटी बबली' जस्ता फिल्ममा काम गर्नुभएकाे छ ।यसबाहेक उहाँ रङ्गमञ्चमा पनि निकै सक्रिय हुनुहुन्थ्याे । उहाँले प्रेम तिवारी, बन्सी कौल, दीना नाथ, उर्मिल थपलियाल र अनुपम खेरले निर्देशन गर्नुभएका नाटकमा अभिनय गर्नुभएको छ ।
अर्जुन चौपारी १ केवरे र आँधीखोला गाउँपालिका ५ सेतीदोभानमा मोटरेबल पुल निर्माण भएको छ । सिदार्थ राजमार्गबाट हेलु–अर्जुन चौपारी हुदै पर्वतको केवरे खोलामा एक बर्षमा मोटरेबल पुल निर्माण हुदाँ नागडाँडा आँधिखोला हुँदै पर्वत जाने सेतिखोला पुल आठ बर्षमा निर्माण सम्पन्न भएको हो ।
पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ९२६ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ७६० जनामा कोरोना पुष्टि भएको हो ।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता मृत फेला पर्नुभएको छ । पार्टीको विशेष कमिटीका सदस्य, पूर्व जिल्ला इन्चार्ज लोकपाल केसी (महेन्द्र) मृत फेला पर्नु भएको हो ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले संसदमा पेस गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन सुधार गर्नुपर्ने बताउनुभएको छ ।
इस्मा गाउँपालिकाले गाउँ टोलमै पुगेर ज्येष्ठ नागरिक भत्ता वितरण गरेपछि ज्येष्ठनागरिक खुशी व्यक्त गर्नुभएको छ । “पहिले भत्ता लिन बैंकमा जानुपथ्र्यो । अहिले टोलमै आएर भत्ता पाएपछि खुसी लागेको छ ।” इस्मा गाउँपालिका– ५ का ८२ वर्षीय मनिराम भण्डारीले भन्नुभयो ।
संसदीय समितिले अमेरिकी स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) मा प्रधानसेनापतिले भाग लिएको विषयमा सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताएको छ।
निर्वाचन आयोगले भोलि (शुक्रबार)देखि मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने निर्णय गरेको छ । नेपाल सरकारले २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने घोषणा गरेसँगै आयोगले भोलिदेखि मतदाता नामावली सङ्कलन स्थगित गरेको हो ।