• ४ साउन २०८१, शुक्रबार

बङ्गलादेशमा समस्या परे दूतावासमा सम्पर्क गर्न आग्रह

blog

काठमाडौं, साउन ४ गते । परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा समस्या परेमा नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

बङ्गलादेशमा कोटा प्रणालीविरुद्ध विद्यार्थीको प्रदर्शन भड्किएर आगजनीमा उत्रेपछि नेपाली दूतावासले यस्तो आग्रह गरेको हो । 

मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ । हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उहाँहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ ।’’

दूतवासले तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले ढाकास्थित नेपाली राजदूतावासको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नुहुने जनाएको छ । सम्पर्क गर्न योजना बम्जन, द्वितीय सचिव : ८८०१८८०६९१०१३ र रिया क्षेत्री : ८८०१७४५४०७९५८ को नम्बर दिइएको छ ।