• २६ फागुन २०८२, मङ्गलबार

भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन

blog

काठमाडौँ, फागुन २६ गते । भाषा आयोगका सदस्य सुरेश मानन्धरको हृदयाघातका कारण सोमबार निधन भएको छ । ५९ वर्षीय मानन्धर नेपालभाषा टाइम्सका पूर्व सम्पादक, साहित्यकार एवम् लामो समयदेखि पत्रकारितामा हुनुहुन्थ्यो । 

एक कार्यक्रममा सहभागी हुने क्रममा अचानक हृदयाघात भएपछि मानन्धलाई तत्काल शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टर लगिएको थियो । जहाँ चिकित्सकले उहाँलाई मृत घोषणा गरे। 

नेपाल भाषाको साप्ताहिक पत्रिका इनापबाट पत्रकारिता सुरु गर्नुभएका मानन्धर विश्वभूमि दैनिकको प्रकाशन गर्नुभयो । सन्ध्या टाइम्स तथा नेपालभाषा टाइम्समा सम्पादकको जिम्मेवारीमा रहनुभयो।  

यसैगरी, अप्सरा फिल्म म्यागजिन, कोशल्वहं चिनाखँ स्वलापौ, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकासशत हुने थाय्भू पत्रिकाको सम्पादक मण्डलमा रहेर योगदान दिनुभयो । २०२३ साल कात्तिकमा जन्मिनुभएका मानन्धरका श्रीमती र दुई सन्तान छन् ।