हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), फागुन २६ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा पाँच राजनीतिक दलका उम्मेदवारले जमानत जोगाउन सकेनन् ।
एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रि«य स्वतन्त्र पार्टीका उम्मेदवारले मात्र धरौटी रकम जोगाएका छन् । मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कम्युनिष्ट पार्टी, आम जनता पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रि«य प्रजातन्त्र पार्टी र उज्यालो पार्टीका उम्मेदवारको जमानत जफत भएको हो ।
नेपाली कांग्रेसबाट योगेश गौचन थकालीले १८ सय ६ मत ल्याएर विजयी हुँदा मुख्य प्रतिस्पर्धी नेकपा (एमाले) बाट इन्द्रधारा डाढु विष्टले १८ सय ६ मत, राष्ट्रि«य स्वतन्त्र पार्टीबाट अधितियचन्द्र थकालीले ५ सय ५९ मत, नेपाली कम्युनिस्ट पार्टीका ङुटुक गुरूङले १ सय ५१ मत ल्याउनुभयो ।
राष्ट्रि«य प्रजातन्त्र पार्टीबाट कमला लालचन १ सय ६१ मत, उज्यालो पार्टीबाट डा. सुरेन्द्र शेरचन ८५ मत, आम जनता पार्टीबाट अजय विक, ९ मत र मंगोल नेशनल अर्गनाइजेशनबाट यमबहादुर गुरूङले ३ मत प्राप्त गर्नुभएको थियो ।
थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा कुल ११ हजार ३ सय २८ मतदाता रहेकोमा कुल ६ हजार ३ सय ८८ मत खसेकोमा १ सय १७ मत बदर भएपछि ६ हजार २ सय ७१ सदर भएको थियो ।
निर्वाचन ऐनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको धरौटी जफत हुने ब्यवस्था रहेको मुख्य निर्वाचन अधिकृत विद्यनाथ पौडेलले बताउनुभयो । १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत भएको छ ।