• १६ चैत २०८०, शुक्रबार

बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन

blog

अभिनेता मिथिलेश चतुर्वेदी ।

काठमाडौं, साउन १९ गते । 'कोई मिल गया', 'सत्ता' जस्ता थुप्रै हिट चलचित्रमा अभिनय गर्नुभएका बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको छ । मुम्बईस्थित कोकिलाबेन अस्पतालमा अभिनेता मिथिलेश निधन भएको हो ।

उहाँ मुटुसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्याे । भारतीय सञ्चार माध्यमका अनुसार मिथिलेश चतुर्वेदीलाई केही दिन अघि हृदयघात भएको थियो, त्यसपछि उहाँ आफ्नो गृहनगर लखनउ सर्नुभएको थियो ।

मिथिलेश चतुर्वेदीले सन् १९९७ मा भाइ भाइबाट बलिउडमा डेब्यु गर्नुभएको थियो । त्यसपछि उहाँले 'सत्ता', 'ताल', 'फिजा', 'रोड', 'कोई मिल गया', 'गान्धी माई फादर' र 'बंटी बबली' जस्ता फिल्ममा काम गर्नुभएकाे छ ।

यसबाहेक उहाँ रङ्गमञ्चमा पनि निकै सक्रिय हुनुहुन्थ्याे । उहाँले प्रेम तिवारी, बन्सी कौल, दीना नाथ, उर्मिल थपलियाल र अनुपम खेरले निर्देशन गर्नुभएका नाटकमा अभिनय गर्नुभएको छ ।