• ४ जेठ २०८१, शुक्रबार

सेतीदोभानमा मोटरेबल पुल निर्माण

blog

अर्जुन चौपारी १ केवरे खोलमा निर्माण भएको मोटरेबल पुल । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले

स्याङ्जा, साउन १९ गते । अर्जुन चौपारी १ केवरे र आँधीखोला गाउँपालिका ५ सेतीदोभानमा मोटरेबल पुल निर्माण भएको छ । सिद्धार्थ राजमार्गबाट हेलु–अर्जुन चौपारी हुँदै पर्वतको केवरे खोलामा एक बर्षमा मोटरेबल पुल निर्माण हुदाँ नागडाँडा आँधिखोला हुँदै पर्वत जाने सेतीखोला पुल आठ वर्षमा निर्माण सम्पन्न भएको हो ।  

सम्झौताको ६ महिनामा दुबै तर्फका खोला किनारमा पुलको फाउण्डेसन बनाएको सेतिदोभानमा आठ बर्षमा निर्माण सकिएको हो । कान्छाराम आशीष जेभीले २०७१ असोज २६ गते सडक डिभिजन कार्यालय पोखरासँग दुई वर्षमा काम सक्नेगरी निर्माणको जिम्मा पाएको थियो ।  

४० मिटर लम्बाइ र सात मिटर चौडाइको एक स्पानको पुल तीन करोड २७ लाख रुपियाँको लागतमा सम्झौता भएको थियो । निर्माणको काम चार वर्षपछि सम्पन्न भएको छ । पर्यटकीय गाउँ सिरुबारीलगायतका ठाउँमा जान पुल नबन्दा समस्या भएको स्थानीयको बुझाइ छ । पुल बनेसँगै लामो समय देखिएको स्थानीयको पुलबाट सवारीसाधन चढ्ने चाहना पूरा भएको गाउँपालिका अध्यक्ष विश्व पौडेलले बताउनुभयो । 

पूर्वाधार विकास कार्यालय स्याङ्जासँग निर्माण कम्पनीले २०७८ जेठ १६ गते सम्झौता गरेकोमा पुल समयमै सकेको इन्जिनियर सिर्जना शर्माले बताउनुभयो । दुई करोड १५ लाख ९६ हजार ५६४ रुपियाँ ९३ पैसामा पुल निर्माण भएको छ । समयमा पुल निर्माण भएसँगै अर्जुन चौपारी, फलेबास पर्वत, बाग्लुङ जाने सयौं यात्रुलाई सहज भएको छ ।