• २३ चैत २०८२, सोमबार

पत्रकार महासङ्घ बागलुङका पूर्वअध्यक्ष कँडेल महान्यायाधिवक्तामा सिफारिस

blog

बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ करलिममा जन्मनुभएका नारायणदत्त कँडेल । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट) चैत २३ गते ।
सरकारले अधिवक्ता डा .नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ, करलिम घर भएका  कँडेल नेपाल पत्रकार महासङ्घ, बागलुङका पूर्वअध्यक्षसमेत हुनुहुन्छ । कँडेलले नेपाल ल क्याम्पसबाट स्नातक गर्नुभएको छ ।

नेसनल युनिभर्सिटी अफ आयरल्यान्डबाट कँडेलले पिस किपिङ अपरेशनमा स्नातकोत्तर गर्नुभएको छ । उहाँले  बेलायतको क्विन्स विश्वविद्यालयबाट कानुनमा विधावारिधि समेत गर्नुभएको छ ।