• ८ वैशाख २०८१, शनिबार

सौर्य आँधीको असर देखिएन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन १९ गते। सूर्यबाट निस्केर बुधबार साँझ पृथ्वीमा आएको सौर्य आँधीको असर देखिएको छैन। यो आँधी जी १ टाइपको भएकाले यसको असर पृथ्वीमा खासै नपरेको वैज्ञानिकले बताएका छन्। 

विगतमा पनि यस्ता सौर्य आँधी पृथ्वीमा आउनेक्रम चलिरहेको र कम क्षमताको आउँदा खासै असर नपरेको उनीहरुको भनाइ छ। कम क्षमताका सौर्य आँधीलाई वैज्ञानिकले जी १ टाइपमा राख्ने गरेका छन्।

बीपी कोइराला मेमोरियल प्लानेटरीयम तथा अब्जरभेटरी साइन्सका निमित्त कार्यकारी निर्देशक तथा खगोलविद् डाक्टर सनतकुमार शर्माका अनुसार यो सोर्य आँधी जी १ टाइपको र पृथ्वीमा रहेको भू-चुम्बकत्वका कारण असर नपरेको बताउनुभयो। 

यसले स्याटलाइट र पावर ग्रिडमा सामान्य असर गर्न सक्ने वैज्ञानिकहरुले बताए पनि असर नपरेको उहाँको भनाइ छ।