सप्तकोसी बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बाढी पीडितका लागि राहत पठाएको हो ।
कोसीबाढी गोबरगाढाका कटान गरेको स्वास्थ्य चौकी र विद्यालय । तस्बिर – माला कर्ण
चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले दरबारमार्ग क्षेत्रबाट चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा बुधबार साँझ छ जनालाई पक्राउ गरेको हो ।
जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला मङ्गलबारदेखि सुरु भएको छ । गोसाइँकुण्ड जनैपूर्णिमा मेला नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लाग्ने गर्दछ ।
गुल्मीदरबार गाउँपालिकाले पालिकाभित्रका शाखा प्रमुख कर्मचारीहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार वार्षिक रुपमा गर्नुपर्ने कामहरुको बारेमा आर्थिक वर्षको सुरुवातमै शाखा प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।
सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुुव अंसारी र प्रधानमन्त्री शेरबहादुर देउवाविच भेट भएको छ । भेटमा काकडभिट्टा–लौकही–कोशी व्यारेज सडक खण्डलाई चार लाईनको बनाउन अध्यक्षले प्रधानमन्त्री समक्ष माग गर्नुभएको छ ।
‘सम्झनामा रुस’ एउटा सामूहिक नियात्रा लेखकहरूको उल्लेखनीय र उदाहरणीय नियात्रा सङ्ग्रहका रूपमा आएको छ । यसमा सात स्रष्टाका संस्मरणात्मक नियात्रा सङ्ग्रहित समीक्ष्य पुस्तकको अर्को विशेषता के छ भने यसको पूर्वपीठिका रुसी भाषामा लेखिएकाले यसको सारसङ्क्षेप चाहिँ रुसी पाठकहरूले पनि सजिलोसित बुझ्न सक्छन् । यो उनीहरूका लागि सम्प्रेषणीय पनि हुन सक्छ । यो सन्दर्भका लागि पनि धेरै उपयोगी हुन सक्छ । यसबाहेक अङ्ग्रेजी भाषामा पनि यो पूर्वपीठिका भएकाले अङ्ग्रेजी भाषाका पाठकहरूले सन्दर्भको साथसाथै सम्झनाका लािग पनि उपयोगी हुन सक्छ ।
उदयपुरको बेलका नगरपालिका ८ स्थित डुम्री बोटेमा बुधबार बाँध भत्किएर बस्ती पसेको बाढीले डुवान क्षेत्र बढ्दै गएको छ । बुधबार केही क्षेत्रलाई मात्रै प्रभावित पारेकोमा सुनसरीको बराहक्षेत्र नगरपालिका ६ र ९ को श्रीलंका टाप्पुु भन्ने ठाउँमा समेत बाढीको पानी फैलिएको हो ।
लिङ्गमा बाङ्गोपना देखिएको र यसबाट आफू चिन्तित भएको कुरा लिएर थुप्रै व्यक्ति यौन चिकित्सक कहाँ धाउँछन्। लिङ्गको फेदैदेखि लिङ्ग दायाँबायाँ वा मुनितिर ढल्किनु स्वभाविक कुरा हो। उत्तेजित वा कडा नभएको अवस्थामा आफ्नै बोझ थाम्न नसकेर लिङ्ग तलतिर लत्रिन्छ। व्यक्ति सीधा उभिएको अवस्थामा उत्तेजित लिङ्गमा सामान्यतया बाङ्गोपना हुँदैन। तर सुतेको बेला दायाँ वा बायाँ ढल्किन सक्छ।
प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशले नविनकुमार रेउलेको परीक्षा रद्द गरेको छ । प्रदेश लोकसेवाको विज्ञापन नंं ५८४–५८८/०७८–७९ स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह अन्र्तगत सहायकस्तर चौथो तह, अहेव पदको परीक्षा दिएका रेउलेको लिखित परीक्षा रद्द गरेको हो ।
बुटवलमा एक हजार मानिस अट्ने सभाहलसहितको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण सकिएको छ । बुटवल– ८ रामनगरमा करिब ८ वर्ष लगाएर सम्मेलन केन्द्र निर्माण गरिएको हो ।
शास्त्रीय धारमा आधारित गीत ‘ननिदाई ननिदाई...’ सार्वजनिक भएको छ । गीतकार डा. मनीष वशिष्ठद्वारा रचित गीतमा गायक तथा सङ्गीतकार सजल न्यौपानेको सङ्गीत तथा गायिका बानिका प्रधानको आवाज रहेको छ । “मान्छेमा गीत सुन्ने संस्कार हराउँदै गएको भान भएर सुन्ने गीत बनाउने मेरो प्रयास रहेको छ, त्यही प्रयासस्वरूप यो गीत बजारमा ल्याएका छौँ,” गीतकार मनीष वशिष्ठले भन्नुभयो । गीतमा सङ्गीत संयोजन सुमित विश्वकर्माको रहेको छ भने गायक सजल, अभिनेत्री साक्षी लम्साल र बानिका प्रधानको अभिनय रहेको छ ।
उपत्यकाका नेवार समुदायले चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना मौलिक वाद्यवादन बजाएर बौद्ध चैत्यको परिक्रमा गर्ने गुँला पर्वमा महिलाको सहभागिता बढ्दो छ। गुँला पर्वका अवसरमा परम्परागत बाजागाजा बजाएर महिलाले बौद्ध चैत्यको परिक्रमा गरिरहेको थप रौनकको विषय बनेको छ। मौलिक वाद्यवादनलाई लोप हुन नदिन युवा वर्गसँगै महिलालाई पनि शिक्षा दिनुपर्ने मान्यताका साथ महिलाले गुँला पर्वमा बाँसुरी, धाः बजाएर चैत्यहरू परिक्रमा गरिरहेका छन्। विशेषगरी नौ बाजा बजाउने प्रचलन रहेको पर्वमा बौद्धमार्गीको पर्व भए तापनि गुँला पर्वमा अन्य धर्मावलम्बीसमेत सहभागी हुने गरेका संस्कृतिविद् डा.चुन्डा बज्राचार्यले बताउनुभयो। उहाँले बिहान सबेरै बाजा बजाउँदै चैत्य विहारमा महिला देख्दा मनमा उल्लास छाएको बताउनुभयो।