सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाबाट बहुमतले विधेयक पारित भएको हो । विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा नलगि प्रदेश सभामै दफावार छलफल गरेर पारित गरिएको छ ।
अविनाश चौधरीधनगढी, साउन १८ गते। सुदूरपश्चिम प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको छ। बुधबार बसेको प्रदेश सभाबाट बहुमतले विधेयक पारित गरिएको हो। सो विधेयक दफावार छलफलका लागि समितिमा नलगी प्रदेश सभामै दफावार छलफल गरेर पारित गरिएको हो। आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलको प्रस्तावमा सभामुख अर्जुनबहादुर थापाले बहुमतले विधेयक पारित भएको घोषणा गर्नुभयो। प्रतिपक्षी दलबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्यले भने विधेयक पारितको विपक्षमा मत जाहेर गर्नुभएको थियो। यसअघि, विधेयकमाथि दफावार छलफल गर्नुहुँदै प्रदेश सभा सदस्यले मिश्रित प्रतिक्रिया दिनु भएको थियो। अम्बीकुमारी थापा, अक्कलबहादुर रावल, बलबहादुर सोडारीले विधेयक पारित हुनुपर्ने बताउनु भएको थियो। प्रतिपक्षी दल नेकपा (एमाले) बाट प्रतिनिधित्व गर्नुहुने हर्कबहादुर कुँवरले जनता अहिले बाढी, कटानको कारण विपद्मा परेका बेला सेवा सुविधा सम्बन्धी विधेयक सरकारले पास गराउनु उपयुक्त नरहेको बताउनुभयो। यो विधेयकमाथि गम्भीर छलफल हुनुपर्नेमा त्यो नभएको उहाँको भनाइ थियो। यसैगरी, विपक्षी दल राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधित्व गर्नुहुने प्रदेशसभा सदस्य मालामति राना थारुले सरकारले सेवा सुविधा सम्बन्धी ऐन अहिले संशोधन गर्नुको कारण सदनलाई जानकारी गराउनु पर्ने बताउनुभयो। ‘पहिल्यै यो ऐन किन संशोधन भएन ? कार्यकालको अन्तिमतिर ऐन संशोधन गर्नु दालमा पक्कै पनि केही काला छ’, उहाँले शङ्का व्यक्त गर्नुभयो। छलफलको क्रममा उठेको विषयमा जवाफ दिनुहुँदै मन्त्री रावलले ऐनमा केही कुराको कमी कमजोरी देखिएपछि सुधार गर्नका लागि संशोधन विधेयक आएको बताउनुभयो। यो ऐन सुधार भएमापछि आउने प्रदेशसभा सदस्यले अघिल्ला प्रदेश सभा सदस्यको सम्मान गर्ने उहाँको भनाइ थियो। ‘प्रदेश सरकारले व्यापक तरिकाले छलफल गरेर यो विधेयक ल्याएको हो’, मन्त्री रावलले भन्नुभयो, ‘सदनलाई बल पुग्ने गरेर विधेयक आएको छ।’ संशोधन विधेयक पारितले प्रदेश सरकारलाई धेरै ठूलो आर्थिक भार नपर्ने उहाँको जिकिर थियो। ‘यसले खासै पैसा खर्च हुन्छ भन्ने मलाई लाग्दैन’, उहाँले भन्नुभयो। प्रदेश सभामा जति नै दल भए पनि ती दललाई सभाले चिन्न र सम्मान गर्न आवश्यक रहेको मन्त्री रावलको भनाइ थियो। उहाँले भन्नुभयो,‘यो सम्मानले राज्यको ठूलो ढुकुटी खर्च हुन्छ भन्ने मलाई लाग्दैन। ऐन पास हुने बित्तिक्कै सबैले गाडीघोडा पाउँछन् भन्ने छैन।’ ऐनमा भएका संशोधनका बुँदा हेरि दिन सबै प्रदेश सभा सदस्यहरुलाई मन्त्री रावलको आग्रह थियो।
बाँदर आतङ्कले दशरथ चन्द नगरपालिका –८, धौल्याली गाउँका ८० परिवार घरमा ताल्चा लगाएर गाउँबाटै विस्तापित भएका छन् । गाउँका अधिकांश मानिस घर छाडेर हिँडेपछि धौल्याली गाउँमा रहेको कैलापाल आधारभूत विद्यालयको कक्षा ४ मा एक जना मात्रै विद्यार्थी अध्ययनरत छन् । कक्षा ५ मा पनि एक जना मात्रै विद्यार्थी रहेको शिक्षक लक्ष्मणसिंह थापाले बताउनुभयो ।
काठमाडौं,साउन १८ गते। नेपाल आयल निगमले अहिलेकै इन्धनको मूल्य घटाउन नसकिने बताएको छ। निगमले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलियम पदार्थमा अझै घाटा रहेकाले तत्काल मूल्य नघट्ने प्रष्ट पारेको हो। निगमले इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आए पनि वक्यौता तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने विज्ञप्तिमा उल्लेख छ। निगमको घाटा अझै २३ अर्ब रहेकाले मूल्य यथावत् नै राख्नुपर्ने निगमले जनाएको छ।‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपियाँ घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था छ,’ विज्ञप्तीमा भनिएको छ। लगातार घाटामा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारले सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब उपलब्ध गराए पनि घाटा अझै २३ अर्ब रहेको निगमले जानकारी गराएको छ। महंगो इन्धनको खपत कम गर्न सर्वसाधारणलाई निगमले आग्रह गरेको छ।
काठमाडौं,साउन १८ गते। नेपाल आयल निगमले अहिलेकै इन्धनको मूल्य घटाउन नसकिने बताएको छ। निगमले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै पेट्रोलियम पदार्थमा अझै घाटा रहेकाले तत्काल मूल्य नघट्ने प्रष्ट पारेको हो। निगमले इण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आए पनि वक्यौता तिर्न बाँकी रहेकाले तत्काल मूल्य घटाउन नसकिने विज्ञप्तिमा उल्लेख छ। निगमको घाटा अझै २३ अर्ब रहेकाले मूल्य यथावत् नै राख्नुपर्ने निगमले जनाएको छ।‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई १५ दिनमा ६३ करोड ५८ लाख रुपियाँ घाटा हुने स्थिति देखिएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् राख्नुपर्ने बाध्यात्मक अवस्था छ,’ विज्ञप्तीमा भनिएको छ। लगातार घाटामा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारले सात अर्ब र राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब उपलब्ध गराए पनि घाटा अझै २३ अर्ब रहेको निगमले जानकारी गराएको छ। महंगो इन्धनको खपत कम गर्न सर्वसाधारणलाई निगमले आग्रह गरेको छ।
पश्चिम नेपालका तराई र पहाडी जिल्लाका महिला तथा बालबालिका बेचविखनको उच्च जोखिममा रहेका छन् । अशिक्षा, गरिबी र चेतनाको कमीले उहाँहरु जोखिममा पर्दैगएको बेचविखन नियन्त्रणमा सक्रिय संघ संस्थाले जनाएका छन् ।
काठमाडौं, साउन १८ गते । अन्नु चौधरी र गायक भुपेन चौधरीको थारु गीत 'चलते चलते' सार्वजनिक भएको छ । गायक भुपेनकै शब्द तथा संगीत रहेको गीत 'द कन्टेन्ट नेपाल' युट्युव च्यानबाट सार्वजनिक गरिएको हो । यस गीतमा लोक जि मिजारको एरेञ्ज रहेको छ । द कन्टेन्ट नेपालको प्रस्तुतिमा तयार भएको ‘चलते चलते’ गीतको म्युजिक भिडियोलाई गायक स्वयम भुपेन्द्र चौधरीले निर्देशन गर्नुभएको हो । त्रिकोणत्मक प्रेमकथालाई निर्देशक भुपेनले थारु समुदायनै भिडियोमा झल्काएका छन् । म्युजिक भिडियोमा अनिल कुर्मी, चन्द्रकला कटुवाल, निक्स शर्मा, राम्जी प्रजापति, सुर्बी सुसान्त घिमिरे र युवराज चौधरीको अभिनय रहेको छ । यस भिडियोलाई गायक, निर्देशनसंगै क्यामेरा, इडिट, कलर समेत भुपेनकै रहेको छ, भने मेकअप उषा चौधरीको रहेको छ । गायक भुपेनको यस अगाडीका थारु गीत ‘सनन सनन’ २५ लाख बढी दर्शकले हेरिसकेका छन् । थारु गीतसँगै भुपेनले नेपालीमा ‘मदानीमा’, ‘हलचल’ बोलको गीतहरु बजारमा ल्याइसक्नुभएको छ ।
पूर्व–पश्चिम राजमार्गको भरतपुर–भण्डारा खण्डको राप्ती नगरपालिकाको बीरेन्द्रनगर चोकमा चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । घटनाको विरोधमा स्थानीयले पूर्व–पश्चिम राजमार्गमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।
काठमाडौं, साउन १८ गते । बलिउड अभिनेता पंकज त्रिपाठीको वेब सिरिज 'क्रिमिनल जस्टिस'को टिजर सार्वजनिक भएको छ । यस टिजर भिडियोमा पंकज त्रिपाठी एक वकिलको भूमिकामा माधव मिश्राको रुपमा देखिनुभएको छ । सिरिजमा पंकज अर्थात् माधव मिश्रले पनि 'जित तिम्रो न मेरो हो, जित सधै न्यायको हुनुपर्छ' भन्दै गरेको देखिन्छ ।'क्रिमिनल जस्टिस ३' को यो टिजर भिडियोलाई निकै मन पराइएको छ । क्रिमिनल जस्टिसको पहिलो दुई सिजनले पनि निकै चर्चा पाएको थियो । यसको तेस्रो भाग अर्को महिना 'डिज्नी प्लस हटस्टार'मा रिलिज हुनेछ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले प्रतिबन्धित लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ।
काठमाडौं, साउन १८ गते । भदौ १० को प्रदर्शन मिति तोकेको फिल्म 'प्रकाश'को प्रचारप्रसार व्यापक छ । प्रचारप्रसारबीच निर्माण टिमले शिक्षकबारे कविता प्रतियोगिता घोषणा गरेको हो । प्रतियोगितामा कलेज तथा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिन सक्नेछन् । प्रतियोगितामा सहभागि हुन १२ वर्ष पुरा भई १८ वर्ष ननाघेको विद्यार्थी हुनुपर्नेछ र बढीमा कक्षा १२ मा अध्ययनरत हुनुपर्नेछ । यसरी प्रतियोगितामा सहभागी मध्येबाट प्रथम पुरस्कार एक लाख र द्वितीय ५० हजार नगद पुरस्कार जित्ने निर्माण युनिटले जनाएको छ । नेपाली र अंग्रेजी दुवै भाषालाई मान्यता दिइएको कविताको भिडियो अवधि १ देखि साढे एक मिनेटसम्म हुनुपर्नेछ।प्रतियोगितामा भाग लिन चाहनेले कविताको भिडियो बनाएर उचबपकजतजभाष्mि२नmबष्.िअयm मा पठाउन पर्नेछ । प्रतियोगितामा भाग लिनका लागि श्रावण २० गतेदेखि भाद्र २० गतेसम्म भिडियो पठाउनुपर्नेछ । फिल्म प्रकाशको निर्खेशन दिनेश राउतले गर्नुभएको हो । फिल्ममा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतको अभिनय फिल्ममा छ ।
शहरी विकास मन्त्री मेटमणि चौधरीले नेता तथा कर्मचारीले पैसा लुकाउने ठाउँबारे चिन्ता गर्न थालेपछि मुलुक बिग्रिएको बताउनुभएको छ । बुधबार राजधानीमा आयोजित मन्त्रालयको आर्थिक वर्ष २०७८–७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे आयोजित ३ दिने गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब तीन किलो लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शेयरबजार परिसूचक नेप्से बुधवार ६.७१ अङ्कल गिरावट आएको छ । लगातार रुपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचक मङ्गलबारदेखि सामान्य करेक्शन आएको हो ।
नेपालमा २४ घण्टामा ९१५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार दुई जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ९१५ जनामा कोरोना पुष्टि भएको हो ।