• ४ साउन २०८१, शुक्रबार

लागूऔषध गाँजासहित एक पक्राउ

blog

गोरखापत्र अनलाइन
काठमाडौं, साउन १८ गते ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब तीन किलो लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–६ बस्ने १९ वर्षीय जिवन मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख.९०६५ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार मगरलाई गाँजासहित पक्राउ गरेको हो ।