शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
इमान सिं राना
रामपुर (पाल्पा), चैत २३ गते । रामपुर नगरपालिका-३, गैलुकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनामा रामपुर नगरपालिका-४, बाङ्गेपसल बस्ने ५२ वर्षीय टेकबहादुर आलेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लु. ३ त. ७२५ नम्बरको ट्याक्टर बारी जोत्ने क्रममा पल्टिएर दुर्घटना भएको थियो ।
सोही ट्याक्टरमा च्यापिएर आलेको घटनास्थल मै निधन भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिनुभयो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।