• ४ साउन २०८१, शुक्रबार

अन्नु र भुपेनको थारु गीत 'चलते चलते' सार्वजनिक

blog

काठमाडौं, साउन १८ गते । अन्नु चौधरी र गायक भुपेन चौधरीको थारु गीत 'चलते चलते' सार्वजनिक भएको छ । गायक भुपेनकै शब्द तथा संगीत रहेको गीत 'द कन्टेन्ट नेपाल' युट्युव च्यानबाट सार्वजनिक गरिएको हो । 

यस गीतमा लोक जि मिजारको एरेञ्ज रहेको छ । द कन्टेन्ट नेपालको प्रस्तुतिमा तयार भएको ‘चलते चलते’ गीतको म्युजिक भिडियोलाई गायक स्वयम भुपेन्द्र चौधरीले निर्देशन गर्नुभएको हो । त्रिकोणत्मक प्रेमकथालाई निर्देशक भुपेनले थारु समुदायनै भिडियोमा झल्काएका छन् । 

म्युजिक भिडियोमा अनिल कुर्मी, चन्द्रकला कटुवाल, निक्स शर्मा, राम्जी प्रजापति, सुर्बी सुसान्त घिमिरे र युवराज चौधरीको अभिनय रहेको छ । 

यस भिडियोलाई गायक, निर्देशनसंगै क्यामेरा, इडिट, कलर समेत भुपेनकै रहेको छ, भने मेकअप उषा चौधरीको रहेको छ । गायक भुपेनको यस अगाडीका थारु गीत ‘सनन सनन’ २५ लाख बढी दर्शकले हेरिसकेका छन् । 

थारु गीतसँगै भुपेनले नेपालीमा ‘मदानीमा’, ‘हलचल’ बोलको गीतहरु बजारमा ल्याइसक्नुभएको छ ।