• ४ साउन २०८१, शुक्रबार

नयाँ सडकको फुटपाथ विस्तारमा स्थानीयको विरोध

blog

फुटपाथ विस्तारको विरोधमा उत्रिएका स्थानीय । तस्बिरः मनोजरत्न शाही

काठमाडौँ, साउन ४ गते। काठमाडौँ महानगरपालिका वडा नम्बर २२ स्थित नयाँ सडकका स्थानीयले काठमाडौँ महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामप्रति विरोध जनाएका छन्। 

शुक्रबार काठमाडौँ महानगरपालिकाले वडा नम्बर २२ स्थित नयाँ सडक परिसरमा फुटपाथ बढाउने काम सुरु भएपछि उनीहरुले विरोध गरेका हुन्। 

केही दिन अघि उच्च अदालतले फुटपाथ बढाउने महानगरपालिकाको काम अगाडि बढाउन सकिने आदेश दिएसँगै महानगरले फुटपाथ बढाउने काम सुरु गरेको थियो। स्थानीयले दिनभर फुटपाथ विस्तारमा अवरोध गेका स्थानीयले साँझ काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको पुतला दहनसमेत गरेका छन्। 

यो पनि पढ्नुहोस

नयाँसडककाे फुटपाथ विस्तार सुरु, स्थानीयवासी विरोधमा