• ४ साउन २०८१, शुक्रबार

'क्रिमिनल जस्टिस ३'को टिजर सार्वजनिक

blog

काठमाडौं, साउन १८ गते । बलिउड अभिनेता पंकज त्रिपाठीको वेब सिरिज 'क्रिमिनल जस्टिस'को टिजर सार्वजनिक भएको छ । यस टिजर भिडियोमा पंकज त्रिपाठी एक वकिलको भूमिकामा माधव मिश्राको रुपमा देखिनुभएको छ । 

सिरिजमा पंकज अर्थात् माधव मिश्रले पनि 'जित तिम्रो न मेरो हो, जित सधै न्यायको हुनुपर्छ' भन्दै गरेको देखिन्छ ।

'क्रिमिनल जस्टिस ३' को यो टिजर भिडियोलाई निकै मन पराइएको छ । क्रिमिनल जस्टिसको पहिलो दुई सिजनले पनि निकै चर्चा पाएको थियो । 

यसको तेस्रो भाग अर्को महिना 'डिज्नी प्लस हटस्टार'मा रिलिज हुनेछ ।