प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीसहितको टोलीले सप्तकोशी नदी पश्चिमतर्फको बाँध कटान क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश प्रमुखमार्फत् सङ्घीय सरकारविरुद्ध सातदिने अल्टिमेटम दिने जानकारी दिनुभएको छ । जनकपुरधामस्थित गृह तथा सञ्चार मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले संघ सरकारले प्रदेशलाई बेवास्ता गरेको भन्नुहुँदै सङ्घीय सरकारका प्रतिनिधि प्रदेश प्रमुखमार्फत आउँदो २२ गते सातदिने अल्टिमेटम जारी गर्ने बताउनुभएको हो ।
दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ । नेपाल क्रिकेट संघ (क्यान) प्रशिक्षकको खोजीमा छ । तत्कालका लागि कुनै पनि प्रतियोगिता नभएको अवस्थामा टोलीको अभ्यास अन्योल नै छ ।
सङ्घीय सरकार मातहत रहेको सुदूरपश्चिम प्रदेशको एकमात्र अस्पताल डडेल्धुरा अस्पतालमा डाइलासिस सेवा सञ्चालनको तयारी भएको छ । अस्पतालले मिर्गाैलाका बिरामीको सहजताका लागि सो सेवा सञ्चालनको तयारी गरेको छ ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा मङ्गलबार खोलाले बगाएर बेपत्ता भएका दिल कुमार सुनारको शव फेला परेको छ । बाणगंगा नगरपालिका ९ बर्दवास्थित कोइली खोलाले सुनार परिवारका तीन जना बगाएको थियो ।
वर्षासँगै आएको बाढीले सप्तकोशी नदीको बाँध फुटेर बस्तीमा पसेपछि बेलका–८ लाहुरे खोंच डुम्रीबोटलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिका–१, २, ३, ८ र ९ का दुई हजार घरपरिवार प्रभावित बनेका छन् ।
तीन दिनदेखि निरन्तर परेको वर्षाले मेलम्ची नगरपालिका–४ थकनी थङसिङटोलका १२ घर उच्च जोखिममा परेका छन् । चौतारा साँगचोकगढी नगरपालिका–३ भोटेफूल्पिङ टोलका पाँच घर उच्च जोखिममा परेको छ ।
झापाको गौरादह ९ को कमल खोलामा नुहाउन जाँदा बगाएर मङ्गलवार दिउँसो बेपत्ता हुनु भएका एक किशोरको शव बुधवार विहान फेला परेको छ । कमल गाँउपालिका वडा नं.१ का डिल्लीप्रसाद खरेलका १८ वर्षीय छोरा उज्ज्वल खरेललाई खोलाले बगाउदा बेपत्ता भएपछि प्रहरी र स्थानीयले रातभर खोजी कार्य गरेको थिए ।
पवन आलोक नेपाली साहित्यका स्थापित सर्जक हुन् । कथा, कविता र निबन्धका उनका उम्दा रचनाहरूले धेरै पाठकको मन जितेको छ । पछिल्लो समय उनको नयाँ कृति ‘पहाड र लमतन्न समुद्र’मा नेपालका पहाडी जीवन र पश्चिमी देशका समाजलाई चित्रण गरिएका निजात्मक अनुभूतिका नैबन्धिक शैलीमा लेखिएका १५ वटा नियात्रा छन् ।
गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका १, २ , ८ र ९ मा सप्तकोशीले कटान सुरु गरेपछि नेपाली सेनालाई बाढी प्रभावितहरूको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको छ ।
अहिले विश्वमा दुईवटा ठूला पूर्वाधार विकास परियोजना चर्चामा छन्ः चीनका राष्ट्रपति सी चिनफिङले अगाडि सारेको बेल्ट एन्ड रोड इनीसीएटीभ्स (बीआरआई) र अमेरिकाका राष्ट्रपति जोए बाइडेनको बिल्ड ब्याक बेटर वल्र्ड (बी३डब्लू) परियोजना। यी दुवैले एक अर्कालाई चुनौती दिँदैछन्।
सप्तकोशीको पानी बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिका प्राकृतिक विपत्ति परेको छ । वर्षात सुरु भएदेखि उदयपुरतर्फ कटान भइरहेकोमा गएरातीदेखि शप्तकोशीको पानी पसेपछि बेलकामा विपत्ती परेको हो । मुख्यगरी पालिकाको वडा नं. २, ३ र ९ मा असर परेको छ ।
उदयपुरको बेलका नगरपालिकाका वडा नं १, २, ८ र ९ मा सप्तकोशी नदीमा पानीको बहाब बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको छ ।
निर्जीवन बीमा क्षेत्रकै अग्रणी राष्ट्रिय बीमा कम्पनी लिमिटेड बुधबारदेखि आठौँ वर्ष पूरा गरी नवौँ वर्षमा प्रवेश गरेको छ । सरकारी स्वामित्वमा राष्ट्रिय बीमा संस्थानको ५५ वर्षअगाडि स्थापना भएर जीवन र निर्जीवन बीमाको कारोबार गर्दै आएकोमा २०७१ साउन १८ गतेदेखि निर्जीवन बीमा व्यवसाय छुट्टै सञ्चालन गर्दै आएको छ । प्रस्तुत छ, विगत चार महिनादेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहनुभएका ज्ञानेन्द्रराज ओझासँग गोरखापत्रका लागि भेषराज बेल्बासेले नेपालको बीमा व्यवसाय, कम्पनीको बीमा यात्रा, मुलुकको बीमा व्यवसाय, सम्भावना, समस्यालगायतका विषयमा गरेको कुराकानी :