• १८ असार २०८१, मङ्गलबार

खोलाले बगाएर बेपत्ता भएका किशोरको शव फेला

blog

विष्णुप्रसाद पोखरेल

दमक, साउन १८ गते । झापाको गौरादह -९ का कमल खोलामा नुहाउन जाँदा बगाएर मङ्गलवार दिउँसो बेपत्ता हुनुभएका एक किशोरको शव बुधवार बिहान फेला परेको छ । कमल गाँउपालिका वडा नं.१ का डिल्लीप्रसाद खरेलका १८ वर्षीय छोरा  उज्ज्वल खरेललाई खोलाले बगाउँदा बेपत्ता भएपछि प्रहरी र स्थानीयले रातभर खोजी कार्य गरेको थिए ।

मङ्गलबार दिउँसो साथीहरुसँग नुहाउन गएका खरेल पानीमा डुबेर बेपत्ता भएपछि प्रहरी र स्थानीयवासीले खोजतलास गर्दा पनि पत्तो नपाएपछि मङ्गलवार साँझ चन्द्रगढीस्थित प्रदेशस्तरीय विपद् व्यवस्थापन कार्यालयबाट २९ जना गोताखोरको टोली आएर वेपत्ता खरेलको खोजी गरेको थियो । 

बिहान साढे ८ बजे खरेलेको शव खोलाबाट सशस्त्र प्रहरीको गोताखोरको टोलीले बाहिर निकालेको हो । ४ जना साथीभाई मिलेर पौडी खेल्न गएका थिए । खरेल डुबेर बेपत्ता भएपछि सँगै गएका साथीहरु आएर गाँउलेले भनेपछि तत्कालैदेखि खोजी कार्य शुरु भएको थियो । लगातरको वर्षाका कारण कमल खोलामा बाढी आइरहेको थियो ।