• ४ साउन २०८१, शुक्रबार

फिल्म 'प्रकाश'को कविता प्रतियोगिता

blog

काठमाडौं, साउन १८ गते । भदौ १० को प्रदर्शन मिति तोकेको फिल्म 'प्रकाश'को प्रचारप्रसार व्यापक छ । प्रचारप्रसारबीच निर्माण टिमले शिक्षकबारे कविता प्रतियोगिता घोषणा गरेको हो । 

प्रतियोगितामा कलेज तथा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिन सक्नेछन् । प्रतियोगितामा सहभागि हुन १२ वर्ष पुरा भई १८ वर्ष ननाघेको विद्यार्थी हुनुपर्नेछ र बढीमा कक्षा १२ मा अध्ययनरत हुनुपर्नेछ । 

यसरी प्रतियोगितामा सहभागी मध्येबाट प्रथम पुरस्कार एक लाख र द्वितीय ५० हजार नगद पुरस्कार जित्ने निर्माण युनिटले जनाएको छ । नेपाली र अंग्रेजी दुवै भाषालाई मान्यता दिइएको कविताको भिडियो अवधि १ देखि साढे एक मिनेटसम्म हुनुपर्नेछ।

प्रतियोगितामा भाग लिन चाहनेले कविताको भिडियो बनाएर उचबपकजतजभाष्mि२नmबष्.िअयm मा पठाउन पर्नेछ । प्रतियोगितामा भाग लिनका लागि श्रावण २० गतेदेखि भाद्र २० गतेसम्म भिडियो पठाउनुपर्नेछ । 

फिल्म प्रकाशको निर्खेशन दिनेश राउतले गर्नुभएको हो । फिल्ममा दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतको अभिनय फिल्ममा छ ।