जिल्ला प्रशासन कार्यालय तनहुँमा प्रशासकीय अधिकृतमा पहिलो पटक महिलाले जिम्मेवारी सम्हाल्नु भएको छ । गृह मन्त्रालयले तनहुँको शुक्लागण्डकी बेलचौतारा माइत तथा इलाम घर भएकी हरिता श्रेष्ठ लाई उक्त जिम्मेवारी तोकेसँगै उहाँ पहिलो महिला अधिकृत हुनुभएको छ ।
हाल बन्द रहेको नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनी पुनः सञ्चालनमा ल्याउन स्थानीयवासीले माग गरेका छन् । यो उद्योग करिब चार दशकअघि दोलखाको भीमेश्वर नगरपालिका–९ मा सञ्चालनमा आई १० वर्ष सञ्चालन भएर बन्द रहेको छ । ८० वर्षे आयोजना भनिएको यो उद्योग सञ्चालनमा सरकारको स्पष्ट र स्थिर नीति नभएको भन्दै स्थानीयवासीले पुनः सञ्चालनमा ल्याउन आवाज उठाएका हुन् ।
सेवासुविधा माग गर्दै मजदुर आन्दोलनमा उत्रिएपछि राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ मार्ग निर्माण छ दिनदेखि ठप्प रहेको छ । जिल्लाले तय गरेको दरअनुसारको ज्याला पाउनुपर्नेलगायतका १२ सूत्रीय माग राखेर शुक्रबारदेखि आन्दोलनमा उत्रिएका मजदुर बुधबारसम्म काममा फर्किएका छैनन् । मागप्रति ठेकेदार चिनियाँ कम्पनी कोभेक सकारात्मक नभएकाले काममा कहिले फर्किने भन्ने निश्चित नभएको मज्दुरले बताएका छन् । सङ्घर्ष समितिका संयोजक सुब्बासिङ घिसिङले भन्नुभयो, “एक–दुई पटक चिनियाँ कम्पनीसँग पनि छलफलमा बस्यौँ तर हाम्रा माग सुन्नुको साटो उल्टै उनीहरूको गुनासो सुनेर आयौँ ।”
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेसमक्ष पुनः बिग ब्यास लिग (बीबीएल) खेल्ने अवसर प्राप्त भएको छ । अस्ट्रेलियाको फ्रेन्चाई लिग बिग ब्यासले बुधबार २०२२/२३ का लागि सार्वजनिक गरेको ड्राफ्टमा लेग स्पिनर सन्दीप पर्नुभएको हो ।
उदयपुरको सप्तकोशी प्रभावित क्षेत्रमा उद्धार कार्य आज (विहीबार) पनि जारी छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी प्रभावित क्षेत्रमै रहेर उद्धार कार्य जारी राखेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङले ऐन बनाउँदा सरोकारवालासँग पर्याप्त छलफलबिना नै ऐन निर्माण हुनुका साथै प्रदेश–केन्द्रबीचको ऐन बाझिँदा त्यसको कार्यान्वयनमा समस्या उत्पन्न भइरहेको बताउनुभएको छ।
पर्वत जिल्ला समन्वय समिति कालीगण्डकी नदीबाट नदीजन्य वस्तु उत्खनन कार्य तीन दिनभित्र रोक्न र त्यहाँ रहेका मेसिन औजार हटाउन निर्देशन जारी गरेको छ। सो समितिले नदीमा वर्षाको समयमा हुने दोहन रोक्नका लागि कालीगण्डकी नदीवरपर रहेका मेसिनरी औजार तीन दिनभित्र हटाउन निर्देशन दिएको हो। समितिले अनुमगन निरीक्षणक्रममा नदीकिनारमा मेसिन औजार नभेटिए पनि बालुवाको घाटगद्दी गरिएको पाइएको हुँदा मालढुङ्गा–बेनी सडकवरपर राखिएका साधन तत्काल हटाउन निर्देशन दिएको हो। वर्षात् सुरु भएसँगै नदीका अधिकांश ठाउँमा जबरजस्ती बालुवा निकालिँदै आएको छ।
बुटवलमा एक हजार जना अट्ने सभा हलसहितको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण कार्य सकिएको छ। बुटवल–८, रामनगर (प्रदर्शनी मेला लाग्ने ठाउँ)मा करिब आठ वर्ष लगाएर सम्मेलन केन्द्र निर्माण गरिएको हो।
‘बाक्लो र चिटिक्क मिलेको मगरबस्ती ‘महत गाउँ’ । गाउँको सिरानमा तत्कालीन अवस्थामा रहेको प्रहरीको नमुना चौकी । चौकी आक्रमणको योजनासहितको प्रशिक्षणमा तत्कालीन जनमुक्ति सेनाका कमान्डर तथा हालका उपराष्ट्रपति नन्दबहादुर पुनसहितका लडाकुको मूर्ति । चौकी आक्रमण र प्रहरीले गरेको आत्मसमर्पणको झलक झल्किने दृश्य अनि तत्कालीन डीएसपी ठूले राईको अपहरणको सन्देश, केही शवका चित्र । त्यो कहालीलाग्दो विगत भुलाउन गाउँको बीचैमा बुद्धको मूर्ति र छेवैमा शान्ति स्मारक ।
स्याङ्जाका सिद्धार्थ पौडेल अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएस अध्ययनरत हुनुहुन्छ । आईएस्सी उत्तीर्ण गर्दैगर्दा उहाँलाई जुम्लामा एमबीबीएस पढाइ हुने कलेज छ भन्नेसमेत थाहा थिएन । एमबीबीएस तयारीमा रहेको बेला जुम्लामा चिकित्साशास्त्र पढाइ हुने खबर सुनेपछि उहाँले जुम्लामा गएर एमबीबीएस पढ्ने निधो गरी प्रवेश परीक्षामा सहभागी भएको बताउनुभयो । पढाइका लागि नाम निस्किएपछि जुम्ला आएको सुनाउँदै उहाँले भन्नुभयो, “सुरुमा कस्तो होला ? कसरी जुम्ला जाने भन्ने लाग्थ्यो । अहिले यस्तो राम्रो ठाउँमा आएर एमबीबीएस पढ्न पाउँदा खुसी लागेको छ । अब जुम्लाबाट चिकित्सक बन्ने सपना पूरा गर्दै छु ।”
बाजुरा जिल्लाका ३८६ जना बालबालिकामा कुपोषण देखिएको छ। पोषण पुनस्र्थापना गृहले जिल्लाको नौवटै स्थानीय तहमा कमजोर खालका बालवालिकालाई कुपोषण जाँच गरेको थियो। पोषण पुनस्र्थापना गृह बाजुराका निर्मला विकका अनुसार जिल्लाको नौवटै स्थानीय तहका एक हजार ४१४ जना बालबालिकालाई कुपोषण जाँच गर्दा ३८६ जना
विहीबार (आज) पश्चिम नेपालको गण्डकी र सदुरपश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभरको मौसममा सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
प्रतिनिधि सभा नियमावलीको प्रावधान विपरीत राज्य व्यवस्था तथा सुशासन समिति बैठक सञ्चालन भएको छ। समिति सभापति रिक्त भएपछि पुनः बैठक बसेको एक महिनाभित्र सभापति चयन गर्नुपर्ने नियमावलीको प्रावधान बेवास्ता गरेर बैठक सञ्चालन भएको हो। २०७८ असोज २२ गतेदेखि राज्य व्यवस्था सभापतिविहीन छ। लामो समयको रिक्ततापछि गत असार १५ गते ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेको सभापतित्वमा बैठक बसेको थियो। नियमावलीको प्रावधानअनुसार साउन १५ गतेभित्र सभापति चयन हुनुपथ्र्यो तर सभापति चयन नगरी ज्येष्ठ सदस्यकै सभापतित्वमा बुधबार बैठक सञ्चालन गरिएको छ।
तरकारी भरिएको बोराभित्र लुकाएर ल्याएको ठूलो परिमाणको औषधिजन्य लागूऔषध प्रहरीले नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौँको जडीबुटीमा तरकारी बोकेको प्रदेश २–०३–००१ च २५०९ नम्बरको बलेरो खानतलासी गर्दा ठूलो परिमाणको लागूऔषध बरामद गरेको हो। भिन्डी र झिँगनी राखेको छवटा बोराभित्र चाङ लगाएर राखेको अवस्थामा एक सय मिलीलिटरका एक हजार १८० थान डायलेक्स–डीसी तथा एक हजार २६० थान नाइट्राभेट ट्याब्लेट र १५० थान प्रोक्सिभन लागूऔषध बरामद गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिद प्रकरणमा अनियमितता भएको ठहर गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसालसहित आठ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।