• ४ साउन २०८१, शुक्रबार

सन्दीपले बिग ब्यास लिग खेल्ने

blog

काठमाडौँ, साउन १९ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेसमक्ष पुनः बिग ब्यास लिग (बीबीएल) खेल्ने अवसर प्राप्त भएको छ । अस्ट्रेलियाको फ्रेन्चाई लिग बिग ब्यासले बुधबार २०२२/२३ का लागि सार्वजनिक गरेको ड्राफ्टमा लेग स्पिनर सन्दीप पर्नुभएको हो ।

सन्दीपसहित अन्य लेग स्पिनर अफगानिस्तानका मुजिबुर रहमान र मोहम्मद नावी, दक्षिण अफ्रिकाका इमरान ताहिर पनि ड्राफ्टमा हुनुहुन्छ । बिग ब्यासले १३ देशका १६९ क्रिकेटरलाई बिग ब्यास लिगका लागि ड्राफ्टमा राखेको हो । बिग ब्यासको ड्राफ्ट आगामी भदौ १२ गते हुनेछ ।

सन्दीपले गत वर्ष होवर्ट हरिकन्सका लागि खेल्नुभएको थियो । उहाँ सो क्लबमै ‘रिटेन’ हुन सक्ने सम्भावना पनि छ । गत वर्ष उहाँले होवटका लागि १४ खेलमा प्रतिओभर ७.७९ रनको औसतमा १४ विकेट लिनुभएको थियो । उहाँले २०२२/२१ को सत्रमा पनि होवर्टबाटै खेल्नुभएको थियो । यसअघि उहाँले दुई सत्र मेलवर्न स्टार्सको जर्सी पनि लगाउनुभएको छ । सन् २०१८ मा पहिलो पटक सन्दीपले बिग ब्यास खेल्नुभएको हो ।