• ५ साउन २०८१, शनिबार

‘ननिदाई ननिदाई’ सार्वजनिक

blog

काठमाडौँ, साउन १९ गते । शास्त्रीय धारमा आधारित गीत ‘ननिदाई ननिदाई...’ सार्वजनिक भएको छ । गीतकार डा. मनीष वशिष्ठद्वारा रचित गीतमा गायक तथा सङ्गीतकार सजल न्यौपानेको सङ्गीत तथा गायिका बानिका प्रधानको आवाज रहेको छ ।  “मान्छेमा गीत सुन्ने संस्कार हराउँदै गएको भान भएर सुन्ने गीत बनाउने मेरो प्रयास रहेको छ, त्यही प्रयासस्वरूप यो गीत बजारमा ल्याएका छौँ,” गीतकार मनीष वशिष्ठले भन्नुभयो । गीतमा सङ्गीत संयोजन सुमित विश्वकर्माको रहेको छ भने गायक सजल, अभिनेत्री साक्षी लम्साल र बानिका प्रधानको अभिनय रहेको छ ।