• ५ साउन २०८१, शनिबार

कोसीसम्मको सडकलाई चारलेन बनाउन माग

blog

इनरुवा, साउन १९ गते । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुुव अंसारी र प्रधानमन्त्री शेरबहादुर देउवाविच भेट भएको छ । भेटमा काकडभिट्टा–लौकही–कोशी व्यारेज सडक खण्डलाई चार लाईनको बनाउन अध्यक्षले प्रधानमन्त्री समक्ष माग गर्नुभएको छ । 

बुधबार अंसारीले काकडभिट्टादेखि रामधुनीको सीमा कान्छी चौकसम्म ९६ किलोमिटर चारलेन मात्रै विस्तार नगरी सोही मापदण्ड अनुसार कोशी व्यारेजसम्म विस्तार गर्नुपर्ने माग गाउँपालिकाले गरेका हुन् । 

भेटमा प्रधानमन्त्री देउवालाई अध्यक्ष अंसारीले सुनसरीको रामधुनी र बराहक्षेत्र नगरपालिकामा रहेका ऐतिहासिक मठमन्दिरको संरक्षण तथा सम्वद्र्धन गर्दै धार्मिक पर्यटनको विस्तारमा ध्यान दिन र कोशी टाप्पु बन्यजन्तु आरक्षको जनावर र मानवद्धन्द्धलाई अन्त्य गर्दै पर्यटन क्षेत्रको विकास र विस्तारमा ध्यान आग्रह गर्नुभयो । 

भेटमा कोशी गाउँपालिकाको सीमावर्ती क्षेत्र लौकहीमा रहेको छोटी भन्सार कार्यालयलाई मुुल भन्सार कार्यालयको रुपमा परिणत गर्न माग गरेको छ । 

Author

जयकृष्ण यादव