• ५ साउन २०८१, शनिबार

आइटी खराबीपछि टर्किस एयरलाइन्सका ८४ उडान रद्द

blog

संयुक्त राज्य अमेरिकामा उडानहरू रोकिए, बेलायतमा टेलिभिजन प्रसारण अवरुद्ध र अस्ट्रेलियामा दूरसञ्चार प्रभावित 

इस्तानबुल, साउन ४ गते । टर्किस एयरलाइन्सले विश्वव्यापी आइटीमा खराबी आएपछि ८४ उडान रद्द गरेको छ ।

प्राविधिक गडबडीले संयुक्त राज्य अमेरिकामा उडानहरू रोकिएका छन्, बेलायतमा टेलिभिजन प्रसारण अवरुद्ध भएको छ र अस्ट्रेलियामा दूरसञ्चार प्रभावित भएको छ ।

“कुनै पनि अवरोधबाट बच्न केही उडानहरू रद्द गरिनेछ र हाम्रा उडानहरू क्रमशः चाँडोभन्दा चाँडो सामान्यमा फर्किनेछन्”, टर्किस एयरलाइन्सका याह्या उस्तुनले सामाजिक सञ्जालमार्फत घोषणा गर्नुभयो ।

टर्कीको प्रमुख क्यारियरका रद्द गरिएका अधिकांश उडानहरू घरेलु र युरोपबाट आउने र जाने गरेका थिए ।

यो पनि पढ्नुहोस

संसारभरका उडान, मिडिया र बैंक प्रभावित

“हामी विश्वभरका विभिन्न क्षेत्रका धेरै कम्पनीलाई असर गर्ने सफ्टवेयर–सम्बन्धित समस्या समाधान गर्न हाम्रो परिचालन तीव्रतालाई कम गरिरहेका छौँ”, उस्तुनले भन्नुभयो ।

टर्कीको सूचना र सञ्चार प्रविधि प्राधिकरणले यो अवरोध साइबर आक्रमणको कारणले नभएको एक विज्ञप्तिमा जनाएको छ ।

टर्कीमा रहेको निजी बैङ्क र इमिरेटस एनबिडीको स्वामित्वमा रहेको डेनिजबैङ्कले सामाजिक सञ्जाल एक्समा ग्राहकहरूलाई सन्देशमा अवरोध हटाउन काम गरिरहेको बताएको छ । रासस, एएफपी