• ४ साउन २०८१, शुक्रबार

प्रविधिमा समस्या

संसारभरका उडान, मिडिया र बैंक प्रभावित

blog

काठमाडौं, साउन ४ गते । प्रविधिमा आएको गडबढीले विश्वभरका उडान, मुख्य बैंक र मिडियामा समस्या आएको छ । 

अस्ट्रेलियाको जेटस्टार जहाज विमानस्थलमै अलपत्र परेको छ भने सुपरमार्केट र प्रसारण माध्यममा समस्या आएको छ । 

यो समस्या आएपछि केही घण्टाबाट अस्ट्रेलिया सबैभन्दा बढी प्रभावित बनेको छ । 

त्यसैगरी, अमेरिकन एयरलाइन्सले उडान गर्न सकेको छैन । 

यसको मुख्य कारण पत्ता नलागे पनि धेरैजसो ठाउँमा माइक्रोसफ्टमा समस्या आएको समाचारमा उल्लेख गरिएको छ ।

यसैगरी, न्युजिल्याण्डको अन्तर्राष्ट्रिय विमानस्थल र संसदको कम्युटर प्रणालीमा व्यवधान उत्पन्न भएको छ । 


सोही समस्याका कारण जापान र भारतका हवाइ उडानमा समेत समस्या आएको छ । 

भारतको नयाँ दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तलिखित सूचना टाँसिएको छ । त्यसकै आधारमा यात्रुहरूले उडान गर्न थालेका छन् । बीबीसी